वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिबन्धित लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकस्थित सडकखण्डबाट प्रहरी चौर्की ईनर्वाबाट खटिएको चेकिङ् टोलीले २ जनालाई पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आवतजावत गर्ने सवारी साधन तथा पैदल यात्रुलाई चेकजाँच गर्ने क्रममा २ जना शंकास्पद अवस्थामा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १७ निवासी २४ वर्षीय अमित गुरुङ् र सोही ठाउँकी २४ वर्षीय सुनिता वि.क.लाई पक्राउ गरेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।
उनीहरुको साथबाट प्लाष्टिक बाहेक १ ग्राम खैरो हिरोईन जस्तो देखिने पदार्थ बरामद भएको डिएसपी थापाले बताए । दुवैजनालाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको छ ।