वीरगंज | लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा)नेपालको केन्द्रिय कार्यसमितिको बैठक महोतरीको बर्दिवासमा मंगलबारदेखि सुरु भएको छ ।
लाेसपा अध्यक्ष महन्थ ठाकुर ठाकुरकाे अध्यक्षतामा सुरु बैठकमा आगामी राजनितिक कार्यदिशा, संगठनात्मक सुदृढिकरण, पार्टीको विधान, भातृ तथा शुभेच्छुक संगठनहरुको पुर्नगठन तथा विस्तार र पार्टीको आर्थिक गतिविधी सहित विविध विषयमा वृहत छलफल हुने बैठकमा सहभागी लाेसपाका उपाध्यक्ष तथा मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलले जानकारी दिए ।
यस्तै दुई दिने बैठकमा पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छोडेपछि उत्पन्न परिस्थिती, त्यसले संगठनमा पारेको प्रभाव र त्यसको संरक्षणका लागि के कसरी अगाडि बढने भन्ने विषयमा पनि छलफल हुने साेनलले बताए।