वीरगंज | बाराको महाढीमाई नगरपालिका वडा नम्बर १ बरियारपुरमा अवस्थित विश्वप्रसीद्ध गढीमाई मन्दिर परिसरमा निर्माणधिन विवाहमण्डप र धर्मशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
लोसपाका उपाध्यक्ष तथा प्रदेश सभा सदस्य जितेन्द्र सोनल प्रदेश सरकारको भौतीक पूर्वाधारमन्त्री रहेका बेला सोनल आँफैले बजेट निकासा गराई २०७६ जेष्ठ ४ गते आधुनिक एंव सुविधासम्पन्न विवाह मण्डप तथा धर्मशालाको शिलान्यास गरेका थिए ।
उक्त विवाह मण्डप र धर्मशालाको निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको र अब केहि छिटफुट काम मात्र बाँकी रहेको सोनलका स्वकीय सचिव रमेश सर्राफले जानकारी दिए ।
सोनल मन्त्री भएकै बेला उनको पहलमा प्रदेश सरकारको योजनामा समावेश गरि निर्माण गर्न लागिएको आधुनिक विवाहमण्डप र धर्मशाला स१चालनमा आएपछि मन्दिरमा विहेबारी गर्न आउने र मन्दिरको दर्शन गर्न आउनेहरुलाई बास बस्न सहज हुने सर्राफले बताए । त्यहि उदेश्यले नै उक्त आधुनिक एंव सुविधासम्पन्न विवाह मण्डप र धर्मशाला निर्माण गरिएकोपनि उनले बताए । गढीमाई मन्दिर सञ्चालक समितिले उपलब्ध गराएको ६ कठ्ठा डेढ धुर जग्गामा ७ करोड ५९ लाख ७३ हजार रुपैयाँको लागतमा १२ कोठाको दुई तल्ले विवाहमण्डप एंव धर्मशाला निर्माण गर्न लागिएको सर्राफले बताए । उक्त विवाहमण्डप एंव धर्मशाला निर्माणको ठेक्का ललितपुरको भ्याली बाबुरत्न जेभीले सकारेको हो ।