वीरगञ्ज । मधेस प्रदेसको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा कार्यरत एक अधिकृत भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । मन्त्रालयका वरिष्ठ शाखा अधिकृत ओमनारायण झा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका हुन्।
विशेष अदालतले आइतबार उनीमाथि कसुर कायम गर्दै सजाय सुनाएको हो। विशेषले ८ महिनाअघि दायर मुद्दामा आंशिक ठहरको फैसला गरेको हो । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले वरिष्ठ शाखा अधिकृत झालाई सजाय सुनाएको छ भने व्यवसायी अरहुला कुमारीलाई सफाइ दिएको छ।
विशेषले झालाई ६ महिना कैदका साथै ३ लाख ३२ हजार रूपैयाँ बिगो कायम गर्दै बिगोबमोजिम जरिवाना हुने र बिगो असुलउपर हुने फैसला सुनाएको छ।
आर्थिक वर्ष २०७/८७९ मा मन्त्रालयमार्फत प्रदेसका ८ वटै जिल्लामा सञ्चालन भएको आयमूलक तालिमका क्रममा प्रक्रिया नपु¥याइ पेस्की लिएको, नक्कली बिल भरपाइ पेस गरेकोलगायतका उजुरीमाथि छानिबिन गरेर अख्तियारले उनीहरू दोषी रहेको ठहर गरेको थियो। अनसुन्धानका क्रममा दोषी पाइएको भन्दै अख्तियारले झा र अरहुलालाई विपक्षी बनाउँदै आठ महिनाअघि विशेष अदालतमा मुद्दा दायर गरेको थियो।