वीरगञ्ज । मधेश प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) यज्ञबिनोद पोखरेलले जिल्ला प्रहरी कार्यालय पर्साको निरीक्षण गरेका छन् ।
मधेश प्रदेश प्रमुख भएपछि पहिलो पटक पर्सा जिल्ला पुगेका डिआईजी पोखरेलले जिल्ला प्रहरी कार्यालय पर्सा र मातहतका कार्यलयहरुबाट प्रवाह हुने सेवासँगै शान्ती सुरक्षाका बारेमा जानकारी लिएका छन् । नागरिकको शान्ती सुरक्षामा कुनै पनि किसिमको सम्झौता नगर्न आग्रह गर्दै उनले ईमान्दारीपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले डिआईजी पोखरेललाई पुष्पगुच्छा प्रदान गरी स्वागत गरेका थिए ।
स्वागत पश्चात डिआईजी पोखरेललाई एसपी ढुंगेलले सुरक्षा अवस्था र कार्य प्रगतीका बारेमा जानकारी गराएका थिए । साथै उनले कन्ट्रोल तथा मोनिटरीङ् रुमबाट वीरगञ्ज शहरमा भएका सिसिटीभि क्यामरामार्फत शहरको पनि निरीक्षण गरेका छन् । डिआईजी पोखरेललाई पिर्के सलामी पनि गरिएको थियो ।