बारा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन) जीतपुरसिमरा नगर कमिटिको अध्यक्षमा अनिल तिवारी चयन भएका छन् । एन प्याब्सन नेपालका केन्द्रिय सदस्य राम प्रसाद अधिकारीको संयोजकत्व र एन प्याब्सन बारा जिल्ला उपाध्यक्ष सुबोध गुप्ताको नेतृत्वमा एन प्याब्सन जीतपुरसिमरा नगर कमिटि गठन गरिएको हो ।
शनिवार गठीत एनप्याब्सन जीतपुरसिमरा नगर कमिटिको अध्यक्षमा डुमरवाना पब्लिक स्कूल रजघट्टाका संचालक अनिल तिवारीलाई सर्वसम्मत चयन गरिएको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा दिपेन्द्र कुमार साह, सचिवमा सरोज चन्द्र कार्की, कोषाध्यक्षमा नरेन्द्र तामाङ्ग, सदस्यमा गौतम चौधरी, मधुसुदन चौधरी चयन भएका छन् ।
एन प्याब्सनका केन्द्रिय सदस्य राम प्रसाद अधिकारीले चयन भएका पदाधिकारीलाई बधाई तथा शुभकामना दिएका छन् । निजी विद्यालयको पक्षमा वकालत गर्न एन प्याब्सन केन्द्रिय कार्यसमिति निरन्तर सरकार तथा सरोकारवाला निकायसँग छलफलमा रहेको अधिकारीको भनाई छ । कार्यक्रममा एन प्याब्सन बाराका कोषाध्यक्ष मदन रिजाल, सहसचिव राम बहादुर चौधरी, पूर्व प्रदेश सदस्य सुन्दर ढकाल लगायत जीतपुरसिमरा उपमहानगर भित्र रहेका विभिन्न निजि विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।