वीरगञ्ज । कार्यसम्पादन मूल्याङ्कनमा बाराको स्थानीय तहहरू मध्ये परवानीपुर गाउँपालिका प्रथम भएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यसम्पादन सूचक बापत प्राप्त गरेको अङ्कको प्रकाशित नतिजा परवानीपुर गाउँपालिकाले सबै भन्दा बढी अङ्क प्राप्त गरेको हो ।
नेपाल सरकारबाट आर्थिक वर्ष २०८१/८२ मा यस आयोगको सिफारिसमा उपलब्ध गराइने वित्तीय समानीकरण अनुदानअन्तर्गत कार्यसम्पादन मूल्याङ्कन बापत प्रदान गरिने अनुदानका लागि प्रदेश र स्थानीय तहले कार्यसम्पादन सूचक बापत प्राप्त गरेको अङ्कको नतिजा सार्वजनिक गरेको हो ।
जस नतिजा अनुसार सबभन्दा बढी परवानीपुर गाउँपालिकाकाले ६६.४७ र सबै भन्दा कम सिम्रौनगढ नगरपालिकाले ३४.०१ अङ्क प्राप्त गरेको छ ।
यसै गरी दोस्रो स्थानमा कलैया उपमहानगरपालिका ६४.९३, तेस्रो जितपुर सिमरा उपमहानगरपालिकाले ५५, चौथो महागढीमाई नगरपालिका ४८.९१, पाँचौँ करैयामाई गाउँपालिका ४७.१२, छैंठो प्रसौनी गाउँपालिका ४४.८६ र सातौँ स्थान विश्रामपुर गाउँपालिका ४४.५१ प्राप्त गरेको छ ।
त्यसै गरी निजगढ नगरपालिकाले ४२.४६, कोल्भी नगरपालिका ४१.०६, आदर्शकोत्वाल गाउँपालिका ४०.५६, देवताल गाउँपालिका ३९.७७, पचरौता नगरपालिका ३९.६४, सुवर्ण गाउँपालिका ३९.४७, फेटा गाउँपालिका ३९.०८ र बारागढी गाउँपालिका ३९ अङ्क प्राप्त गरेको छ ।