बारा । पर्साको नेशनल मेडिकल कलेजले गरिब दलित बस्तीमा नि: शुल्क दन्त स्वास्थ शिविर संचालन गरिएको छ ।
महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवले वडा अध्यक्ष शिवेन्द्र प्रताप सिंहको अध्यक्षतामा वडा नम्बर ७ तेलकुवा टोलमा नि: शुल्क दन्त स्वास्थ शिविरमा कार्यक्रमको उद्घाटन गरिएको छ ।
नगरप्रमुख उपेन्द्र प्रसाद यादवले नि: शुल्क दन्त स्वास्थ शिविर कार्यक्रमको उद्घाटन गर्दै नेशनल मेडिकल कलेज हाम्रो देशको मेरुदण्डको रुपमा रहेको नगरप्रमुखले यादवले बताए ।
महागढीमाई नगरपालिका वडा नम्बर ७ मा गरिब दलित बर्ग दन्तका बिरामीहरुले आर्थिक समस्याका कारण उपचार गराउन नसकिदा र झन समस्या दिन प्रती दिन बढदै देखेर महागढी नगरपालिका वडा नम्बर ७ को सहयोगमा पर्सा नेशनल मेडिकल कलेजले नि: शुल्क दन्त स्वास्थ शिविर संचालन गर्न लगेको नेशनल मेडिकल कलेजका सेराज अहमदले बताए ।
नि: शुल्क दन्त स्वास्थ शिविरमा अनुभवी डा. अबिनाश सिंह, डा. हरेन्द्र मोहन सिंह, डा. राजेश साह, डा. सुर्बी मिश्रा, डा. सिमा यादवद्वारा दुई सय भन्दा बढी दन्तका बिरामीले चेक जांच गराएको महागढीमाई नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष शिवेन्द्र प्रताप सिंहले बताए ।
कार्यक्रममा बिशिस्ट अतिथि सेराज, अहमद, अतिथि डा. अबिनाश सिंह, डा. हरेन्द्र मोहन सिंह डा. राजेश साह डा. सुर्बी मिश्रा, डा. सिमा यादव, टेक्नेसियन कर्मी, समाजसेवी, भलभलादमी लगाएतको उपस्थिति रहेको थियो ।