वीरगञ्ज । पर्सा जिल्ला अदालत बार एशोसिएशन, वीरगञ्जको ५० औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
नेपाल बार एशोसिएशनका अध्यक्ष बरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेको प्रमुख आतिथ्यता, नेपाल बार एशोसिएशनका उपाध्यक्ष अधिवक्ता सुधिर कुमार कर्ण र पर्सा जिल्ला अदालतका मुख्य न्यायाधीश दीपक खनालको विशिष्ट आतिथ्यतामा सम्पन्न होे ।
पर्सा जिल्ला बार एशोसिएशनका अध्यक्ष अधिवक्ता कमलमोहन पोखरेलको अध्यक्षतामा र सचिव अधिवक्ता मुमताज अहमदद्वारा संचालित उक्त कार्यक्रममा बरिष्ठ अधिवक्ताहरू, पर्सा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष अनिल पटवारी, पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी लगायत रहेको थियो ।
कार्यक्रमलाई ने.बा.ए. अध्यक्षबाट सम्बोधन गर्दै न्यायपालिकाको विकृति विसंगती अन्त्यकालागि न्यायपालिकाको पुर्नंसरचना अपरिहार्य रहेको हुदा आगामी जेष्ठ ४, ५ र ६ गते हुदैगरेको १६ औं अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलनको मूल एजेण्डा न्यायपालिकाको पुर्नंसरचना तय गरिएकोले सो एजेण्डामा व्यापक छलफल चलाउन र सम्मेलनलाई भव्यताकासाथ सफल पार्न विशेष आग्रह गर्नु भएको छ ।