• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:बुधबार ०८ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    धन कमाउन कुवेत पुगेका सुरज उतै अस्ताए

  • वीरगंज संजाल
  • ४ चैत्र २०८०, आईतवार ११:१७
  • १००९

    वीरगंज। अछामका सुरजबहादुर कडायत करिब १३ महिना अगाडि वैदेशिक रोजगारीका लागि कुवेत पुगेका थिए । आर्थिक उन्नतिका लागि भन्दै विदेसिएका उनको गत मंगलबार सवारी दुर्घटनामा मृत्यु भयो । मंगलबार बिहान कुवेतको महाबुल्ला क्षेत्रमा गाडीको ठक्करबाट अछाम पञ्चदेवलका २६ वर्षीय सुरजसहित नागार्जुन नगरपालिका–२ सानोभर्‍याङ बस्ने सुजन कार्की र धनुषाका धिरज गुर्मछान मगरको मृत्यु भएको थियो ।

    गत आइतबारमात्र सुरजले आफ्नी पत्नी डल्ली कडायत र छोराछोरीसँग ‘भिडियो कल’ गरी कुराकानी गरेका थिए । त्यसको दुई दिनपछि डल्लीलाई फेरि कुवेतबाट फोन आयो तर त्यतिबेला सुरज होइन, उनलाई कुवेत पठाउने मेनपावर कम्पनीका सञ्चालकले दुखद खबर सुनाउन फोन गरेका थिए । डल्लीलाई सुरजको मृत्युको खबर सुनाइएको थियो ।

    दुर्घटनामा मृत्यु भएका तीनै जना एउटै कम्पनी ‘पापाजोन’मा काम गर्दै आएका थिए । हवालीमा बस्दै आएका सुजन र धिरज गत सोमबार राति महाबुल्लास्थित साथी सुरजलाई भेट्न गएका थिए । मंगरबार बिहान कोठा फर्किने क्रममा बस चढाउन आएका सुरजसहित तीनै जनालाई कुवेती नागरिकले चलाएको गाडीले ठक्कर दिएको थियो । गाडीको ठक्करबाट तीनै जनाको घटनास्थलमै ज्यान गएको कुवेत प्रहरीलाई उद्धृत गर्दै कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

    घरमा सुरजकी श्रीमती, १ छोरा, २ छोरी, आमा बुबा र तीन भाइ छन् । उनको मृत्युको खबरले कडायत परिवार स्तब्ध भएको छ । बुबा नरबहादुर र आमा धनसरी देवीलाई छोराको मृत्यु खबर पत्याउनै गाह्रो छ । यसअघि उनीहरूले माइलो छोरा गुमाएका थिए । भारतमा काम गर्दै आएका माइलो छोराको पनि सवारी दुर्घटनामै परेर मृत्यु भएको थियो ।

    सुरजका काकाका छोरा झंकरले दाइको मृत्यु खबर पत्याउनै गाह्रो भइरहेको बताए । काठमाडौँमा बस्दै आएका झंकर पनि वैदेशिक रोजगारीको तयारीमा छन् । कडायत परिवारका अनुसार सुरज कुवेतमा वेटरको काम गर्दै आएका थिए । यसअघि लामो समय भारतमा बसेर काम गर्दै आएका उनी नेपाल फर्किएर वैदेशिक रोजगारीको चाँजो मिलाएका थिए । सोही क्रममा कुवेत पुगेका उनको कामधन्दा राम्रै चलिरहेको थियो । उनले बर्दियामा जग्गा किनेर घर बनाइरहेका थिए । घर पूरा गर्न नपाउँदै उनी आफैँ अस्ताउन पुगे ।

    घर बनाउन थालेपछि आमा धनसरी देवी अछामबाट बर्दिया झरेकी थिइन् । छोराको मृत्युको खबरपछि उनी अछाम पुगेकी छन् । सुरजका कान्छो भाइ अहिले प्लस टुमा पढिरहेका छन् । परिवारका लागि आर्थिक रूपमा मेरुदण्ड बनेका सुरज नै अस्ताएपछि परिवार विक्षिप्त बनेको छ । दुर्घटनामा मृत्यु भएका तीनै जनाको शव नेपाल पठाउने तयारी भइरहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । यो विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले पनि निकै चासो देखाएका छन् । उनीहरूको शव पोस्टमार्टमको लागि फरवानिया अस्पतालमा राखिएको छ । पोस्टमार्टम तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शव नेपाल पठाइने गरी आवश्यक पहल भइरहेको दूतावासले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑