रौतहट । सिकेन्द्र साह । रौतहट जिल्लाको राजपुर नगरपालिका वाडा नम्बर ५ टोल राजपुरबाट ६ जनाकाे युवा टोलि जितेन्द्र प्रसाद कलवार, अम्भु कुमार यादव, हरिनारायण शर्मा, लाल बाबु साह, नेपाली साह, रमेश साह लगायतको टोलिले भारतको रामजन्म भूमि अयोध्या सम्म पैदल यात्रा आजदेखि सुरु गरेको छ।
रौतहटबाट बारा छिर्न बितिकै सिम्रौनगढ नगरपालिका स्थित निर्वाचित जनप्रतिनिधि दिपेन्द्र गुप्ता, समसुल हक, धोबी शिक्षका सरिता कुमारी साह, र सुनिल साह कलवारले फूल माला खादा ओढाएर वहाको पैदल यात्रालाइ सफल बनाउनको लागि होसला बढाएको थिए। दुई जिल्ला पार गरि एक दिनमै पर्साको बिरगंज स्थित मुर्लि धर्म सालामा पुगेको पैदल यात्री लालबाबु साहले बताउनु भएको छ।
पैदल यात्रा गरि राम जन्म भूमि सम्म पुगेर भारत र नेपाल सुमधुर सम्बन्ध कायम गर्न इतिहासमा आफ्नो देश, जिल्ला पालिकाको नाम उजागर गर्नको लागि यस्तो संकल्प लिइ यो कार्य गरेको यात्रुहरुले बताउनुभएको थिए।