वीरगञ्ज । वीरगञ्जस्थित गुरुकुल एकेडेमीमा आयोजित सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार आयोजित कार्यक्रममा एकेडेमीमा अध्ययनरत पीजीदेखि युकेजीसम्ममा विद्यार्थीले नेपालमा रहेको विभिन्न भूगोल, जाती, धर्म, भाषा र समुदायको संस्कृति झल्किने प्रस्तुति गरेका थिए ।
सानो उमेरदेखि नै बालवालहरूको बहु आयामिक विकाससहित उनीहरूलाई भविष्यका लागि तयार पार्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको विद्यालयकी प्रधानाध्यापक तेजेन्द्र कौरले बताइन ।
प्रधानाध्यापक कौरका अनुसार कार्यक्रममा विद्यालयमा अध्ययनरत ३०० सय भन्दा बढी विद्यार्थीले नृत्य, गायन, फेन्सी ड्रेस, वक्तृत्वकला लगायतका प्रस्तुति गरेका थिए । जहाँ अन्य विद्यार्थीसहित अभिभावकहरूको समेत उपस्थिति रहेको थियो ।