• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लक्ष्यको आधा मात्रै उखु पेलेर बन्द भए सर्लाही र महोत्तरीका चिनी उद्योग

  • वीरगंज संजाल
  • १ चैत्र २०८०, बिहीबार ११:०९
  • १२३३

    सर्लाही | सर्लाही र महोत्तरीका दुई ठूला चिनी उद्योग गएरातिबाट बन्द भएका छन्। क्षमताअनुसार उखु पेल्न नपाएपछि सर्लाहीको हरिवनमा रहेको इन्दु शंकर चिनी उद्योग र महोत्तरीको रामनगरमा रहेको एभरेष्ट चिनी उद्योगले यो सिजनको लागि उखु क्रसिङ बन्द गरेका हुन्। गएको पुस ६ गतेबाट सञ्चालनमा आएका यी दुई उद्योगले उखु पाएको भए चैत भरी चल्थे। ५/७ वर्षअघिसम्म यी उद्योग वैशाख पहिलो साता मात्रै बन्द हुने गरेका थिए।

    इन्दु शंकर र एभरेष्ट देशकै ठूला चिनी उद्योग हुन्। यी उद्योगले यस वर्ष ३५/३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेका थिए। तर तराई मधेशका जिल्लामा उखु खेती नै घटेकाले यी उद्योगले भनेजति उखु पेल्न पाएनन्। यस वर्ष दुबै उद्योगले २९/२९ लाख क्विन्टल हाराहारीमा मात्रै उखु पेलेका छन्। यी उद्योगको क्षमता भने एक सिजनमा ५० लाख क्विन्टल भन्दा माथि छ।

    ‘यस वर्ष हामीले ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेका थियौँ,’ इन्दु शंकर चिनी उद्योगका उखु प्रवन्धक योगनारायण रजकले नेपालखबरसँग भने, ‘तर गएरातिसम्म २९ लाख ४८ हजार ६११ क्विन्टल मात्रै उखु क्रसिङ गर्न सक्यौँ। यस वर्ष पनि लक्ष्य भन्दा साढे पाँच लाख क्विन्टल कम उखुमै चित्त बुझाउनु पर्यो।’

    क्षमतामा इन्दु शंकरभन्दा ठूलो रहेको एभरेष्टले यस वर्ष २९ लाख ४ हजार क्विन्टल मात्रै उखु क्रसिङ गरेको छ। एभरेष्टको दैनिक क्रसिङ क्षमता ५० हजार क्विन्टलभन्दा माथि छ। ‘महोत्तरीमा उखु खेती नै घटेकाले हामीले यस वर्ष लक्ष्यअनुसार उखु पेल्न पाएनौँ,’ एभरेष्टका यार्ड सुपरभाइजर रामेश्वर कुमार निरौलाले भने, ‘हामीले क्रसिङ गरेको आधाभन्दा धेरै उखु त सर्लाहीसहितका बाहिरी जिल्लाबाट ल्याएका हौँ। महोत्तरीको उखुले त एक महिना पनि उद्योग चल्न मुस्किल पर्छ।’

    उत्पादन लागत अनुसार उखुको मूल्य नपाउँदा र तोकिएकै मूल्य पनि समयमै भुक्तानी नहुँदा तराई मधेशका किसानले उखु खेती मास्दै गएका छन्।
    सहज ढंगले उखु नपाएपछि इन्दु शंकर र एभरेष्टले यस वर्षबाट किसानलाई काँटा भएको एक सातामै उखुको भुक्तानी दिएका थिए।

    देशमै सबैभन्दा धेरै उखु खेती हुने सर्लाही जिल्लामा यसवर्ष झण्डै ६० लाख क्विन्टल उखु उत्पादन भएको अनुमान छ। सर्लाही जिल्लाबाट यस वर्ष महोत्तरीको एभरेष्ट चिनी उद्योगले साढे सात लाख क्विन्टल उखु लगेको छ। त्यसैगरी सिराहामा रहेको हिमालय चिनी उद्योगले अढाई लाख, बाराको बाबा बैजु चिनी उद्योगे साढे ३ लाख क्विन्टल उखु सर्लाहीबाट लगेका छन्।बाँकी उखु सर्लाहीकै दुई चिनी उद्योगले पेलेका हुन्। भनेजति उखु नपाउँदा चिनी उद्योगहरुले क्षमताअनुसार उखु क्रसिङ गर्न नपाउने समस्या वर्षेनी बढ्दै गएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑