वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (बुधवार) विश्वासको मत लिने भएका छन्।
सरकारले दोस्रो ठूलो दल नेकपा एमालेको समर्थनमा विश्वासको मत लिन लागेका हो। विश्वासको मत लिन प्रतिनिधि सभाको बैठक बुधवार बिहान ११ बजे राखिएको छ।
संसद्को सबैभन्दा ठूलो दल नेपाली काङ्ग्रेसले भने सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । एमालेले भने आफ्ना सांसदहरूलाई खुला हृदयले मतदान गर्न आग्रह गरेको छ ।
विश्वासको मत पक्षमा १ सय ५१ मत खस्ने सरकारको अनुमान छ । नेकपा एमाले ७६,नेकपा माओवादी ३२, राष्ट्रिय स्वतन्त्र पार्टीसँग २१, जनता समाजवादी पार्टीसँग १२ र एकीकृत समाजवादीसँग १० गरी जम्मा १५१ मत छ ।
यस्तै, विपक्षमा १ सय १५ मत रहेको छ। जसमा प्रमुख प्रतिपक्षी काङ्ग्रेससँग ८७, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपासँग १४, जनता पार्टीसँग ६, लोसपासँग ४, नाउपासँग ४, नेमकिपासँग १, राष्ट्रिय जनमोर्चासँग १ र स्वतन्त्र तीन सांसद छन् ।