वीरगन्ज । भन्सार छली चोरी पैठारी गरी ल्याएको लत्ताकपडा तथा खाद्यान्न सामाग्रीहरू बरामद भएको छ । एहि सोमबार करिब ३ बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ र वडा नं. ४ स्थित सडकखण्डमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएको लत्ताकपडा तथा खाद्यान्न लगायतका मालबस्तुहरू बरामद भएको छ ।
भन्सार छली चोरी पैठारी गरी वीरगञ्ज घण्टाघरतर्फ ल्याउदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साको मातहत वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ बोकी ल्याएको मालबस्तुहरू छाडी भागी फरार भएको हुँदा सो मालबस्तुहरू वेवारिसे अवस्थामा बरामद गरी अन्दाजी मुल्य रू.६,०१,९३०।– (छ लाख एक हजार नौ सय तिस) आवश्यक कारवाहीको लागि मिति २०८०।११।२९ गते वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।