• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जहाज दुर्घटनामा मृतकको क्षतिपूर्ति १ लाख डलर पुग्दै, मन्त्रिपरिषद्ले दियो सैद्धान्तिक स्वीकृति

  • वीरगंज संजाल
  • २९ फाल्गुन २०८०, मंगलवार १८:०९
  • १६५७

    वीरगंज। आन्तरिक जहाज दुर्घटनामा ज्यान गुमाउने यात्रुका परिवारले पाउने बीमा बापत् क्षतिपूर्ति रकम १ लाख अमेरिकी डलर पुर्‍याउन कानुनी प्रक्रिया अगाडि बढेको छ ।

    मन्त्रिपरिषद्को सोमबारको बैठकले ‘हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बीमा व्यवस्था गर्ने विधेयक’ तर्जुमा गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ । यो विधेयकमा आन्तरिक तर्फका जहाज दुर्घटनामा ज्यान गुमाउने यात्रुको परिवारले पाउने क्षतिपूर्ति रकम १ लाख डलर पुर्‍याउने गरी प्रस्ताव गरिँदैछ | अहिले यस्तो रकम २० हजार डलरमात्र छ । विधेयक संसदबाट पास भई कार्यान्वयनमा आएपछि क्षतिपूर्ति रकम ५ गुणाले बढ्ने छ ।

    पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार मन्त्रिपरिषद्ले विधेयक तर्जुमा स्वीकृति दिएसँगै अब मन्त्रालयले विधेयकको मस्यौदा मन्त्रिपरिषद् लैजाने छ । मन्त्रिपरिषद्‍बाट संसद पुगेर पास भए विधेयक कार्यान्वयनको बाटो खुल्ने छ ।

    तीन वर्षपछि लियो गति

    सरकारले यो विधेयक बनाउन २०७७ चैतमा एक कार्यदल गठन गरेको थियो । कार्यदलको नेतृत्वमा सहसचिव लामिछाने तोकिएका थिए । उक्त कार्यदलले मस्यौदा तयार पारे पनि प्रक्रिया अगाडि बढेको थिएन ।

    नेपालले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मन्ट्रियल महासन्धी १९९९ लाई सन् २०१८ मा मात्र अनुमोदन गरेको थियो । यो अनुमोदन गरेसँगै अन्तर्राष्ट्रिय उडानका जहाज दुर्घटनामा पर्दा यात्रुले पाउने बीमा बापत क्षतिपूर्ति १ लाख ६५ हजार डलर हाराहारी पुगेको सहसचिव लामिछानेले जानकारी दिए ।

    आन्तरिक उडानका जहाजका हकमा क्षतिपूर्ति रकम अन्तर्राष्ट्रियको तुलनामा केही कम गरी तोक्न लागिएको छ । मन्ट्रियल महासन्धीमा दुर्घटना मात्र नभई हवाई यात्राका दौरान हुन सक्ने विलम्ब, यात्रा स्थगन, यात्रुलाई लाग्न सक्ने चोटपटक, अंगभंग वा मृत्यु तथा वायुयानबाट ओसार–पसार गरिने मालसामान ओसार पसार क्रममा विलम्ब, नष्ट वा हराउने र बिग्रिने भएको अवस्थामा पाउने क्षतिपूर्तिको व्यवस्था गरिएको छ ।

    के–के व्यवस्था गरिँदै छ ?

    वायुसेवा सञ्चालन संस्थाको यात्रु, ब्यागेज र कार्गो सम्बन्धी दायित्वभित्र टिकट जारी गर्ने, निर्धारित मिति र समयमा सुरक्षित यात्रा गराउनुपर्छ ।

    निर्धारित समयमा उडान रद्द वा स्थगन भए कम्तीमा तीन घण्टा अगाडि नै यात्रुलाई जानकारी गराउनुपर्ने व्यवस्था यस विधेयकमा हुनेछ । तीन घण्टा अगाडि उचित कारण देखाएर भएको उडानमा वायुसेवा कम्पनीलाई कुनै जरिवाना लाग्ने छैन ।

    यात्रा क्रममा बोर्डिङ चेक गरेपछि वायुयानभित्र जाने क्रमका प्रक्रिया वा यात्रा अवधिभरि वायुयान भित्र रहँदा वा वायुयानबाट उत्रिने प्रक्रियामा कुनै दुर्घटना भई चोटपटक लागे वा मृत्यु भए सम्बन्धित वायुसेवा संस्थाले क्षतिपूर्ति बापत १ लाख अमेरिकी डलर बेहोर्नुपर्ने यस विधेयकको प्रावधान छ ।

    जहाज दुर्घटनामा घटनास्थलमै यात्रुको मृत्यु भएसमेत सोही रकम बराबर क्षतिपूर्ति मृतकको नजिकको हकवालालाई उपलब्ध गराउनुपर्ने छ । दुर्घटनामा घाइते वा अंगभंग भए सम्बन्धित वायुसेवा कम्पनीले उपचार गर्नुपर्ने छ । वायुसेवा कम्पनीले ऐनमा तोकिएको रकमभन्दा कम हुन नहुने गरी आफ्नो दायित्व सीमा तोक्न नपाउने समेत विधेयकको मस्यौदामा उल्लेख छ ।

    यात्रुको लापरबाहीबाट यात्रुलाई चोटपटक लागे वा यात्रुलाई पहिलेदेखिकै गम्भीर रोगका कारण जहाजमा मृत्यु भएमा भने क्षतिपूर्ति दायित्व भर्न वायुसेवा कम्पनी बाध्य हुने छैन । दुर्घटना भएको मितिले ३० दिनभित्र वायुसेवा सञ्चालन संस्थामा क्षतिपूर्ति रकम दाबी गर्नुपर्ने गरी नियम बनाइँदै छ ।

    २८ फागुन २०७४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बाङ्ला एयरलाइन्सको जहाज दुर्घटनामा ठूलो संख्यामा नेपाली नागरिकको मृत्यु भएपछि नेपालमा पनि मन्ट्रियल महासन्धी अनुमोदन गर्न दबाब बढेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिंहदरबारमा बजेट माग्नेहरूको दौडधुप चर्कियो
  • वैशाख २८ गते राष्ट्रिय सभामा प्रधानमन्त्रीको सम्बोधन
  • पालिका अध्यक्षले फुर्ती देखाउँदा सांसदहरू हैरान, मागे बजेटमा भाग
  • काठमाडौँ महानगरमा विदेशी प्रजातिको कुकुर दर्ता गर्न २ हजार शुल्क लाग्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिंहदरबारमा बजेट माग्नेहरूको दौडधुप चर्कियो

    वैशाख २८ गते राष्ट्रिय सभामा प्रधानमन्त्रीको सम्बोधन

    पालिका अध्यक्षले फुर्ती देखाउँदा सांसदहरू हैरान, मागे बजेटमा भाग

    काठमाडौँ महानगरमा विदेशी प्रजातिको कुकुर दर्ता गर्न २ हजार शुल्क लाग्ने

    तेस्रो दिन सम्हालियो नेप्से, सामान्य सुधार

    बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध मुद्दा चलाइने

    पदाधिकारी छनोट प्रक्रिया विश्वसनीय बनाउन माग

    ‘गाजामा हरेक ४० मिनेटमा एक बच्चाको मृत्यु’

    प्रदीप नेपालको शवमा झण्डा नओढाइने, श्रद्धाञ्जलीसभा पनि नहुने

    वीरगन्ज मेनरोड १५ /१५ मीटर विस्तार हुने : मन्त्री गुप्ता

    सिंहदरबारमा बजेट माग्नेहरूको दौडधुप चर्कियो

    वैशाख २८ गते राष्ट्रिय सभामा प्रधानमन्त्रीको सम्बोधन

    पालिका अध्यक्षले फुर्ती देखाउँदा सांसदहरू हैरान, मागे बजेटमा भाग

    काठमाडौँ महानगरमा विदेशी प्रजातिको कुकुर दर्ता गर्न २ हजार शुल्क लाग्ने

    तेस्रो दिन सम्हालियो नेप्से, सामान्य सुधार

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिंहदरबारमा बजेट माग्नेहरूको दौडधुप चर्कियो

    News

    वैशाख २८ गते राष्ट्रिय सभामा प्रधानमन्त्रीको सम्बोधन

    News

    पालिका अध्यक्षले फुर्ती देखाउँदा सांसदहरू हैरान, मागे बजेटमा भाग

    News

    काठमाडौँ महानगरमा विदेशी प्रजातिको कुकुर दर्ता गर्न २ हजार शुल्क लाग्ने

    News

    तेस्रो दिन सम्हालियो नेप्से, सामान्य सुधार

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑