• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सुदूरपश्चिममा घरकी श्रीमतीलाई छलेर १३ जनाले गरे सुटुक्क दोस्रो विवाह

  • वीरगंज संजाल
  • २९ फाल्गुन २०८०, मंगलवार १५:३६
  • १६६९

    धनगढी | कैलालीको धनगढी उपमहानगरपालिका–१३ का एक जना पुरुषले घरकी श्रीमतीलाई परित्याग गरेर दोस्रो विवाह गरेका छन्।

    चार वर्षअघि घरकी श्रीमतीलाई छलेर उनले दोस्रो विवाह गरेका हुन्। ती पुरुषले अर्काकी श्रीमती लगेर भारत फरार भएको पीडित महिलाको गुनासो छ। उनका अनुसार श्रीमानले अर्काकी श्रीमती लगेर फरार भएका छन्। यहाँ मलाई खान, लाउन र बस्न मुश्किल भइसकेको छ। खोजीकार्यका लागि प्रहरीमा निवेदन दिएपनि अहिलेसम्म श्रीमानको कुनै अत्तोपत्तो छैन्।

    सुदूरपश्चिममा यसैगरी १३ जनाले सुटुक्क दोस्रो विवाह गरेका छन्। घरकी श्रीमतीलाई छलेर सुटुक्क दोस्रो विवाह गरेपछि श्रीमान विरुद्ध प्रहरीमा निवेदन परेको छ। घरकी श्रीमतीलाई परित्याग गरेर अर्को विवाह गरेको भन्दै कारबाहीका लागि १३ वटा निवेदन प्रहरीमा दर्ता भएका छन्।

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले उपलब्ध गराएको विवरणअनुसार चालु आर्थिक वर्षको ७ महिनामा १३ जनाले दोस्रो विवाह गरेको भन्दै प्रहरीमा कारबाहीका लागि पीडित पक्षबाट निवेदन दर्ता भएको हो। पीडित महिलाहरुले घरमा श्रीमती र बालबच्चा भएकै अवस्थामा अर्को विवाह गरेर श्रीमानले बेवास्ता गरेको भन्दै कारबाहीका लागि प्रहरीमा निवेदन दिएका छन्।

    श्रीमानले दोस्रो विवाह गर्दा आफुहरु बिचल्लीमा परेको समेत पीडित महिलाहरुको गुनासो छ। सुदूरपश्चिममा पछिल्लो समय वहुविवाह गर्ने बढेका छन्। घरमा श्रीमती हुँदाहुँदै अर्को विवाह गर्ने पुरुषको संख्या प्रदेशभित्र बढ्दै गएको हो। बढ्दो आधुनिकता तथा सहरीकरणसँगै वैवाहिक समस्या समाजमा बढ्दै गएको छ।

    साथै विवाहको प्रकृति, बहुविवाह, पुनःविवाह, पारपाचुकेजस्ता घटनाहरुको वृद्धिले सामाजिक संरचनालाई समेत चुनौती दिइरहेको छ। मुलुकी अपराध संहिता, २०७४ को दफा १७५ अनुसार बहुविवाह गर्ने वा गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

    साथै बहुविवाह स्वतः बदर हुने समेत उक्त दफामा उल्लेख छ। जिल्ला अदालत कैलालीमा मात्र आर्थिक वर्ष २०७४/७५ मा १३, आर्थिक वर्ष २०७५/७६ मा २१ र आर्थिक वर्ष २०७६/७७ मा बुहविवाहका १७ मुद्दा दर्ता भएको अभिलेख छ। त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा १७ वटा बहुविवाहका मुद्दा दर्ता भएका थिए।

    बहुविवाहका आर्थिक वर्ष २०७९/८० सम्म आइपुग्दा ६७ मुद्दा दर्ता भएका छन्। जिल्लामा चालु आर्थिक वर्ष सुरु भएयता पनि वहुविवाह गर्नेको संख्या यसैगरी बढ्दै गएको छ। पीडितले जिल्ला प्रहरी हुँदै जिल्ला अदालतसम्म वहुविवाहको समस्यालाई लिएर उजुरी दर्ता गराउन थालेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भोजपुरमा एकै परिवारका ४ जनाको हत्या
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑