वीरगंज। पर्सा जिल्लाको पोखरिया नगरपालिका वित्तीय जोखिम मूल्यांकनमा अब्बल भएको छ।विभिन्न स्थानीय तहमा ढिलासुस्ती र वित्तीय अनुशासनहीनता बढ्दै गर्दा पर्सा जिल्लाको पोखरिया नगरपालिका भने वित्तीय जोखिम मूल्यांकनमा जिल्लामै अब्बल सावित भएको छ ।
मन्त्रालयले योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखांकन तथा प्रतिवेदन, अनुगमन, मूल्यांकन तथा लेखापरीक्षण र राजस्व व्यवस्थापनलाई आधार मानी समग्र मूल्यांकन (लिजा) गर्ने गर्दछ । गत पाँच वर्षमा नपाले प्राप्त गर्न नसकेको उपलब्धि अहिलेको कर्मचारी टिमले पाँच महिनामा गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनको नतिजामा पोखरिया नगरपालिका जिल्लामै प्रथम भएको हो । भने स्थानीय तह वित्तीय सुशासन मूल्यांकनमा पोखरिया नपाले कुल ५५ अंक प्राप्त गरेको छ ।
पोखरिया नपामा वित्तीय अनुशासन कायम गर्दा केही मानिसलाई नपचेको श्रीवास्तवले सुनाए । निहीत स्वार्थ पूरा नहुँदा केही मानिसले नगरपालिका र आफूविरुद्ध अनावश्यक भ्रामक र आधारहीन कुरा बाहिर ल्याई चरित्र हत्या गर्न खोजे पनि आफू दत्तचित्त भएरे विकासमा लागेको बताएका छन् । उनले नपामा नगर विस्तारको काम तीव्र रूपमा भइरहेको र चैतबाटै ट्रयाक खोल्ने कामहरू हुने बताए । नगरवासीले परिवर्तन महसुस गर्नु तथा वित्तीय सुशासन कायम भएको देखिनु दुवै आफ्ना लागि काम गर्ने आधार भएको श्रीवास्तवले बताए ।