• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सुनको सिक्रि नपाएपछि विवाह रद्द गरेका बेहुला प्रहरी फन्दामा

  • वीरगंज संजाल
  • २९ फाल्गुन २०८०, मंगलवार १२:४८
  • २२०९

    वीरगंज | दाइजोमा सुनको सिक्री नपाउँदा वीरगन्ज महानगरका एक कर्मचारीले सोमबार राति विवाह नै रोकेपछि प्रहरीले उनलाई मंगलबार बिहानै २ बजे पक्राउ गरेको छ। बेहुली पक्षले प्रहरीलाई उजुरी दिएपछि बेहुला पक्राउ हुन्।

    वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर उमेश साहले दाइजोमा सुनको सिक्री नपाएपछि विवाह नै रद्द गरेका थिए।

    बारा कलैया उपमहानगरपालिका–४ सिनेमा चौक बस्ने साहले दाइजोमा नगद १२ लाख, मोटरसाइकल बापत ३ लाख २५ हजार, एक थान ल्यापटप र एक एक थान सुनको अैा‌ठी र हनुमानको माला पाइसकेपछि पनि गए राति मण्डपमा सुनको सिक्री नपाएपछि बिहे नै रोकिदिएर जन्ती फिर्ता लगेका थिए।

    विवाह मण्डप बनिसकेको थियो। आफन्तलगायत सबै बेहुलासहित आएको जन्तीदेखि खुसी बनेका थिए। वरमाला तथा विवाहको सुरुवाती रिवाज मधेसको समुदाय तिर हुने (पर्छावन) भइसक्दा अब बिहेका लागि बेहुला मण्डपमा पुग्दा विभिन्न प्रकारका बहाना बनाउँदै करिब २ बजे राति बेहुला साहले बिहे नगर्ने आलटाल गर्न लागेको केटी पक्षको भनाई छ।

    पर्साको वीरगन्ज महानगरपालिका–२४ रानीघाटका सुखल साहकी अन्दाजी २४ वर्षीय छोरी रमिता कुमारीको विवाह बाराको कलैया उपमहानगरपालिका–४ सिनेमा चौक निवासी बच्चलाल साहका अन्दाजी २६ वर्षीय छोरा उमेश साहसँग फागुनमा २८ हुने तय भएको थियो।

    तर, आर्थिक अभावका कारण सुखलले दाइजोमा १२ लाख दिए मोटरसाइकल बापत ३ लाख २५ हजार दिए अन्य सब समान दिए पनि बिहे गर्न आएका बेहुला उमेशले सिक्री नपाउँदा बिहे नै गरेनन्।

    ऋण काढेर भए पनि छोरीको विवाहका लागि आवश्यक सबै तयारी पूरा गरेका सुखल छोरीको विवाह रोकिएपछि मारमा परेका छन्। साहुसँग चर्को ब्याजमा ऋण काढेर सम्पूर्ण तयारी गरे पनि विवाह नै नभएपछि सुखल थप आर्थिक मारमा परेका हुन्। जन्तीलाई स्वागत गर्न पन्डालदेखि राम्रो खाना नास्ताको पनि व्यवस्था गरेको भए पनि लगभग ५० हजारको सिक्री नपाउँदा बेहुलाले मण्डपबाट भाग्न खोज्दा झडप पनि भएको सुखलले बताए।

    ‘हामी भन्दै थियौँ, पैसाको व्यवस्था भएन। विवाहपछि सिक्री पनि दिन्छु। तर, बेहुला पक्षले मानेनन्,’ सुखलले नागरिकन्यूजसँग भने। जति मनाएपनी नमान्दा बेहुला पक्षले कुटपिटमा समेत उत्रेपछि प्रहरी आइपुग्यो र बेहुला सहित ३–४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि पक्राउ गरेको छ।

    विवाह नभएपछि रमिताको आँसु रोकिएको छैन। स्थानीय केही व्यक्तिले सिक्री दिएर पनि बिहे गर्न सुझाव दिइरहेका छन्। बिहेको वातावरण निर्माणमा जुटेका छन्। तर, अब कुनै पनि हालतमा त्यो घरमा विवाह नगर्ने अडानमा छिन् रमिता। उनले एउटा सिक्रीको लागि विवाह नगर्ने बेहुलाले उनीसँग विवाह गरेपछि झन् दाइजोको लोभमा ज्यान पनि लिन सक्ने बताइन्।

    जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले घटनाको सत्यतथ्य आफूले बुझिरहेको बताए। उनले दाइजोका कारण विवाह रोकिएकाले पीडकलाई कानुनी कारबाही गर्नुपर्ने बताए। ढुङ्गेलले भने, ‘बेहुली पक्षले जाहेरी दियो भने दाइजो कसुरको मुद्दामा हामी बेहुला पक्षमाथि कारबाही गर्छौँ।’

    अहिले दुवै पक्षलाई श्रीपुर वडा कार्यालयमा राखिएको छ।

    मधेस प्रदेशमा बालविवाह र दाइजो प्रथाको बिगबिगी छ। दाइजोका कारण विवाह रोकिएको यो एउटा उदाहरण मात्र हो। दाइजो नदिएकै कारण विवाह रोकिने र विवाह भइसकेपछि पनि हत्या गरिने जस्तो जघन्य अपराध निरन्तर हुँदै आएका छन्।

    सरकारले बालविवाह र दाइजो प्रथालाई निर्मूल पार्ने भन्दै आए पनि यो व्यवहारमा लागू हुन सकेको छैन। दाइजोलाई बेहुलीतर्फबाट बेहुलालाई विवाह गरेर जाँदा दिइएका उपहारका रूपमा अत्यन्त हलुका ढङ्गले लिइएको पाइन्छ। सतहमा त्यस्तो देखिए पनि गहिराइ भने अत्यन्त भयानक र दर्दनाक रहेको एक कानुन व्यवसायी बताए।

    प्रहरी उपरीक्षक ढुङ्गेलले भने, ‘दाइजोलाई सामान्य उपहार जस्तो बुझिन्छ। उपहार त दिए पनि हुन्छ, नदिए पनि हुन्छ। तर, दाइजो त सदियौँदेखि समाजमा जरा गाडेर बसेको छ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑