सिम्रौनगढ। सिकेन्द्र साह । बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वाडा नम्बर चार टोल हरिहरपुरबाट एक जना लाई नकलि नोट सहित पक्राउ गरिएको छ।
बेलुका साढे चार बजेको समयमा सिम्रौनगढ ईलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक नबिन राईको कमाण्डमा खटिएको टोलीले सिम्रौनगढबाट हरिहरपुर आउदै गरेको भारतीय नम्बर बि आर ०५ जे २१८१ को मोटरसाइकलमा चेक गर्दा जिल्ला बारा महागढिमाई नगरपालिका ९ कन्चनपुर बस्ने ३५ बर्ष को रामबिन्य सहनिलाई हजारका दरले आठ हजार बराबरको नकली नोट र भारतीय मुद्रा पक्राउ गरिएको छ।
सिम्रौनगढबाट पक्राउ भएको भारतीय नोट र नकली नेपाली नोटले नेपालमा आधारित कारोबारमा असर गर्ने खतरा उत्पन्न गरेको छ। तत्पश्चात्, नकली नेपाली नोट नेपाल छिर्दै छ। प्रहरी निरीक्षक नबिन राइले अनुसन्धान भइरहेको छ र संबिधानिक कार्यविधिमा आधारित कार्यवाही गरिने जानकारी दिएका छन्।