• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    १० अर्ब भारु खर्चेर मुकेश अम्बानीले गर्दैछन् छोराको विवाह, ५१ हजार जनालाई भोजको निम्तो

  • वीरगंज संजाल
  • २० फाल्गुन २०८०, आईतवार १३:४७
  • १४७७

    वीरगंज । विश्वका शीर्ष अर्बपतिहरुमध्येका एक मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको विवाहको पार्टीका लागि विश्वभरकै चर्चित व्यक्तित्वहरुको भारतमा आगमन भएको छ । २८ वर्षीय अनन्तले जुलाईमा राधिका मर्चेन्टसँग विवाह गर्दैछन् । यसका लागि मुकेश अम्बानीले मेटाका मालिक मार्क जुकरबर्ग, गायिका रिहाना तथा अर्बपति बिल गेट्सजस्ता चर्चितलाई पाहुनाका रुपमा ल्याएका छन् । तीन दिनसम्म भारतको जामनगरमा चल्ने प्रिवेडिङको कार्यक्रममा बलिउडका सुपरस्टार शाहरुख खान तथा अमिताभ बच्चनजस्ता कलाकारले पनि प्रस्तुति दिन लागेका छन् ।

    फोर्ब्सकाअनुसार ६६ वर्षीय मुकेश अम्बानी अहिले विश्वका १०औं धनी व्यक्ति हुन्, जसको अहिलेको सम्पत्ति ११५ बिलियन अमेरिकी डलर रहेको छ । अनन्त उनका कान्छा छोरा हुन्, जो रिलायन्स इन्डस्ट्रिजको बोर्ड सदस्यका रुपमा पनि रहेका छन् । उनी रिलायन्स ग्रुप अन्तर्गत रिलायन्सको उर्जासँग सम्बन्धित छन् भने उनी रिलायन्स फाउन्डेसनमा पनि बोर्ड सदस्य रहेका छन्।

    अनन्तको विवाहपूर्व भइरहेका कार्यक्रममहरुले अहिले विश्वलाई नै चकित बनाएको छ । भारतको जामनगर क्षेत्रमा अम्बानी परिवारले स्थानीयलाई समेत सामेल गराएर गत साताको सुरुवातबाट नै विवाह पूर्वका कार्यक्रमहरुको सुरुवात गरेका थिए ।
    बीबीसीकाअनुसार उक्त प्रिवेडिङ कार्यक्रममा करिब १२ सय पाहुनाहरुको उपस्थिति भएको छ । यो कार्यक्रम भने रिलायन्सको प्रमुख तेल रिफाइनरी रहेको जामनगर नजिकै आयोजना गरिएको छ । मार्च १ बाट सुरु भएको प्रिवेडिङको प्रमुख कार्यक्रम तीन दिनका लागि ३ सय एकडको क्षेत्रमा आयोजना गरिएको थियो ।

    उनको विवाहका लागि प्रमुख प्रस्तुतिका रुपमा रिहानालाई बोलाइएको थियो । रिहाना विश्व विख्यात गायिका हुन् । भारतीय कलाकार तथा सेलिब्रेटीहरु शाहरुख खान, रणविर कपुर, दिपिका पादुकोण, रणविर सिंह, सचिन तेन्दुल्करलगायत पनि उक्त कार्यक्रममा उपस्थित भएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

    पहिलो दिन अर्थात मार्च १ मा पाहुनाहरुसँगै ककटेल पार्टी गरिएको पीटीआईले जनाएको छ । दोस्रो दिनमा जंगल सफारीदेखि अम्बानी परिवारले सञ्चालन गरिरहेको जनावरहरुको उद्दार तथा पुर्नस्थापना केन्द्रको भ्रमणजस्ता कार्यक्रमहरु रहेका थिए भने त्यहि दिन स्थानीय पहिरनमा स्थानीय खाने कुराहरुको सेवन गर्ने जस्ता कार्यक्रम रहेका थिए ।

    तेस्रो दिन अर्थात मार्च ३ मा भने दुई कार्यक्रम टस्कर ट्रेल र हस्ताक्षर नामक दुई कार्यक्रम आयोजना गरिने कार्यक्रम रहेको पीटीआईले जनाएको छ । पहिलो कार्यक्रममा पाहुनाहरुलाई जमनगरको प्राकृतिक सुन्दरतामा भुलाउने तथा दोस्रोमा सांस्कृतिक भारतीय पहिरनमा सजिएर कार्यक्रममा सामेल हुने जस्ता कुराहरु रहेको बताइएको छ ।

    एसियाकै धनी व्यक्ति मुकेश अम्बानीका छोरा अनन्तको बिबाह एक हिसाबले विश्वकै महंगो विवाहका रुपमा रहेको भारतीय सञ्चालमाध्यमहरुले जनाएका छन् । दैनिक जागरणकाअनुसार विवाहमा गायनका लागि आएकी रिहानाले ५२ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिने गरि सम्झौता भएको थियो । अन्य कलाकारले के कति रकम लिए भन्ने कुरा भने खुलेको छैन । तर, सबैले करोडौंमा आफ्नो पारिश्रमिक लिएको बताइएको छ ।

    रिहानाले उक्त विवाहको कार्यक्रममा नै १९ गीतहरुको प्रस्तुति दिएको सञ्चारमाध्यम एनएमईले जनाएको छ ।
    समग्रमा भने अनन्त र राधिकाको प्रिवेडिङमा भएको खर्ब १ हजार करोड भारतीय रुपैयाँ रहेको बताइएको छ । यो रकम कार्यक्रममा मात्रै खर्च भएको हो । भोज तथा अन्य कुराहरुमा भने फरक खर्च रहेको छ । प्रि वेडिङमा ५१ हजार जनाका लागि कम्युनल डिनरको आयोजना पनि भएको थियो । उनीहरु गुजरातका स्थानीय बासिन्दाहरु रहेका छन् । भारतीय सञ्चारमाध्यमकाअनुसार भोजमा मात्रै १६५ करोड भारतीय रुपैयाँ अम्बानी परिवारले खर्च गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑