आज:
  • होमपेज / Breaking News

    धनुषा प्रहरीले थाल्यो लागु औषध विरुद्ध विशेष अभियान, तेश्रो पटक एकैदिन २६ जना समातियो

  • वीरगंज संजाल
  • १८ फाल्गुन २०८०, शुक्रबार ०९:४६
  • १९२५

    वीरगंज । लागु औषध सेवन गर्ने २६ जनालाई धनुषा प्रहरीले एकैदिन नियन्त्रणमा लिएको छ । धनुषा प्रहरीले लागु औषध विरुद्ध थालेको विशेष अभियान अन्तर्गत तेश्रो पटक बुधबार २६ जनालाई नियन्त्रणमा लिइएको हो ।
    ईलाका प्रहरी कार्यालय लग्मा जटही र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको चेकिंग टोलीले भारतको पिपरोनबाट जटही नाका हुँदै लागु औषध सेवन गरी नेपालतर्फ आउँदै गरेको २६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवम् डीएसपी रञ्जन अवांले जानकारी दिएको छ ।
    उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान र कारवाहीको लागि जिल्ला प्रहरीमा ल्याइएकोमा थप अनुसन्धान पश्चात २५ जनालाई छोडिएको र सो मध्ये एकजना माथि लागु औषध शिर्षक मुद्दा चलाइएको डीएसपी अवाँले बताए । लागु औषध सेवनकर्ता २५ जनालाई सम्झाई बुझाई अभिभावकको जिम्मा लगाइएको र धेरै मात्रामा लागु औषध बरामद भएको एकजना उपर मुद्दा चलाइएको उनले बताए ।

    करिब दुई महिना अघिदेखि थालिएको अभियान अन्तर्गत पहिलो पटक ४५ जना, दोश्रो पटक ३४ जना र आज तेश्रो पटक २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । जसमध्ये पहिलो पटक ४ जना, दोश्रो पटक २ जना र तेश्रो पटक १ जना लागु औषधसहित बरामद भएका व्यक्ति उपर मुद्दा चलाइएको डीएसपी अवाँले जनाए ।
    भारत बिहारको खुला सीमासँग जोडिएको धनुषामा पछिल्ला समयमा लागु औषधकै कारण विभिन्न अपराधिक घटनाहरु बडेपछि धनुषा प्रहरीले यो अभियान थालेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक एवम् प्रमुख मित्रबन्धु शर्माले बताए । उता जाने लागु औषध सेवन गर्ने र नेपालमा आएर अपराध गर्ने गतिविधि बढेपछि यसलाई निरुत्साहित गर्न धनुषा प्रहरी सकृय भएको उनले बताए।

    करिब दुई महिनादेखि धनुषा प्रहरीद्धारा थालिएको यो अभियान निरन्तर चलिरहने उनको भनाइ छ । ‘बोर्डरमा स्वीप अभियान अन्तर्गत लागु औषध सेवनकर्ता र ओसारपोसामा संलग्नहरु धमाधम समातिदैछ, उनले भने, नियन्त्रणमा लिएकाहरुलाई एकरात हिरासतमा राख्ने त्यसपछि अर्कोदिन बिहान काउन्सेलिंग गर्ने, कक्षा लिने, उनीहरुको रेकर्ड हेर्ने र अभिभावकलाई अनिवार्य रुपमा बोलाएर उनीहरुको अगाडी पनि लागु औषधको नकारात्मक असरबारे बताउँदै सकारात्मक सन्देश लिएर छोड्ने गरेको छु ।’
    ‘‘युवा बिग्रे देश बिग्रिन्छ, युवाहरु कुलतमा लाग्यो भने समाज र देश कहिलै माथि उठ्दैन’’ त्यसैले युवालाई कुलतबाट बचाउन हामीले यस्तो प्रयास थालेको प्रहरी उपरिक्षक शर्माको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑