वीरगंज | सन् १९८७ को फेब्रुअरी महिनामा हाम्रो आकाशगङ्गाबाट नजिकै रहेको तारापुञ्जमा एउटा तारा विस्फोटन भएको देखिएको थियो। त्यस क्रममा १० करोडवटा सूर्यको शक्ति जति उज्यालो निस्किएको पृथ्वीबाट धेरै महिना देखिएको थियो| तारा विस्फोटन हुँदा यति धेरै भग्नावशेष निस्किएको थियो कि शक्तिशाली टेलिस्कोपहरूले त्यहाँ के बाँकी रह्यो भन्ने पत्ता लगाउनै सकेनन्।
अहिले वैज्ञानिकहरू उक्त विस्फोटनबाट ‘न्यूट्रन तारा’ बनेको र त्यो निकै सघन भएको निष्कर्षमा पुगेका छन्। उनीहरूका अनुसार त्यो ताराको एक चम्चाजति अंश एक करोड टनजति गह्रुँगो छ| विस्फोट भएको ताराभित्र देखियो ‘मोतीको दिव्य हार’ जस्तै अद्भुत दृश्य
मर्ने क्रममा रहेको तारा ‘अन्तिम अवस्था’मा कस्तो देखिन्छ
४०० वर्षमा देखिएको पहिलो घटना अनुसन्धानकर्ताहरूको टोलीले उक्त “हत्याको रहस्योद्घाटन” गरेको ‘बीबीसी स्काई एट नाइट’की प्रस्तोता डा म्यागी एडरिन-पोककले बताएकी छन्।
“यो एउटा ताराको मृत्युको विषय हो अनि जे बाँकी रह्यो त्यसवरिपरि धुलोको आवरणमा के छ भन्ने कुरा चाहिँ रहस्य बन्यो,” उनले भनिन्।विस्फोटन भएको त्यो विशालकाय तारा ‘ब्ल्यू सुपरजायन्ट’ थियो। त्यसको पिण्डमान हाम्रो सूर्यको भन्दा २० गुना बढी थियो। सुपरनोभा भनिने प्रक्रियामा पुगेपछि त्यसको अस्तित्व रोचक तरिकाले सकियो। खगोलशास्त्रीहरूले उक्त सुपरनोभालाई साङ्केतिक रूपमा एसएन १९८७ए भन्ने गरेका छन्।
आदिम ब्रह्माण्ड ‘स्लो मोशन’मा भएको प्रमाण फेला पर्यो
५ जुलाई २०२३
ग्यासको विशाल बादललाई ‘ब्ल्याक होलले निल्दा’ ब्रह्माण्डमा महाविस्फोटन
१५ मई २०२३
उक्त सुपरनोभा खाली आँखाले ४०० वर्षमा देखिएको त्यस प्रकारको पहिलो घटनाक्रम थियो। अनि वैज्ञानिकहरूले विस्फोटन सुरु हुनुभन्दा अघिदेखि नै उक्त ताराको अवस्था हेर्दै र त्यसबारे अभिलेख राख्दै आएका थिए। एसएन १९८७एसँग सम्बन्धित रहस्य खोतल्न डा एडरिन-पोककले पहिला एउटा परियोजनामा काम गरेकी थिइन्। उनका अनुसार त्यो तारा लाक्षणिक तथा वास्तविक दुवै रूपमा ठूलो थियो।
“देखिने भएकाले वैज्ञानिक समुदायबाहिर पनि त्यसले ख्याति पाएको थियो। अनि एसएन १९८७ए खगोलशास्त्रीहरूको निकै प्यारो थियो किनभने त्यो [पृथ्वीबाट] सापेक्षित रूपमा नजिक थियो र उनीहरूले उक्त ताराको जीवनचक्रलाई विस्तृत रूपमा अवलोकन गर्न र अभिलेखमा राख्न पाएका थिए।”काल्पनिक चित्रः न्यूट्रन तारा आफ्नै गुरुत्वका कारण भत्किँदा परमाणुहरू चकनाचुर हुन्छन्
ताराहरूको मृत्युबारे प्रतिपादित सिद्धान्तहरू विस्तृत रूपमा केलाउन आकाशमा एसएन १९८७एको अवलोकन गर्ने अवसर वैज्ञानिकहरूले पाएका थिए। त्यतिबेला आकाश एउटा खुला प्रयोगशाला बनेको थियो। तर एउटा महत्त्वपूर्ण रहस्य अझै बाँकी थियो – त्यति ठूलो घटना भएपछि के चाहिँ बाँकी रह्यो त?
तारा चम्किनका लागि पारमाणविक प्रतिक्रिया हुनुपर्छ। तर आफूसँग भएको ऊर्जा सकिएपछि त्यस्तो प्रतिक्रिया हुन सक्दैन र सिद्धान्ततः ताराको अवसान हुन्छ। ताराको पिण्डमान यति धेरै हुन्छ कि त्यसको गुरुत्वाकर्षण बलले त्यसका आफ्नै परमाणुहरूलाई चकनाचुर पारिदिन्छ। त्यसो हुँदा ब्रह्याण्डमा सबैभन्दा सघन पदार्थ बन्छ।
त्यसलाई ‘न्यूट्रन स्टार’ भनिन्छ। यदि तारा निकै ठूलो छ भने त्यसबाट ब्ल्याक होल पनि बन्न सक्छ।
सबैभन्दा चम्किलो ब्ल्याक होल जसले ‘प्रत्येक दिन एउटा सूर्यजति वस्तु निल्छ’
पृथ्वीबाट सबैभन्दा नजिक रहेको ब्ल्याक होल पत्ता लाग्यो
तर चर्चा गरिएको घटनाक्रमबाट के बनेको थियो त? त्यो खगोलविद्हरूले जान्नु महत्त्वपूर्ण छ किनभने सुपरनोभाहरूले ब्रह्माण्डमा जीवन सृष्टि गर्न र त्यसलाई सघाउन आवश्यक “हेभी एलिमन्ट” फैलाउँछन्। (एटमिक नम्बर ९२ भन्दा माथि भएका गह्रुँगा तत्त्वहरूलाई हेभी एलिमन्ट भनिन्छ।)
वैज्ञानिक जर्नल ‘साइअन्स’ मा प्रकाशित सामग्रीमा शोधकर्ताहरूले उक्त घटनाक्रमबाट न्यूट्रन तारा बनेको बलियो प्रमाण आफूसँग भएको उल्लेख गरेका छन्।
सुपरनोभाबाट के बन्छ
स्वीडनको स्टकहोम यूनिभर्सिटीका प्रा क्लाएस फ्रान्सनले उक्त अनुसन्धानको नेतृत्व गरेका थिए। सुपरनोभाको केन्द्रबारे र त्यहाँ के उत्पन्न भयो भन्ने अनुसन्धान गर्न पहिलो पटक पाइएको उनी बताउँछन।
“अहिले हामीलाई त्यहाँ आयनकारक विकिरणको खँदिलो स्रोत छ भन्ने थाहा छ, त्यो सम्भवतः न्यूट्रन तारा हो,” उनले भने, “विस्फोटन भएको बेलादेखि नै हामीले त्यसलाई खोजिरहेका छौँ तर अनुमान पुष्टि गर्न हामीले प्रतीक्षा गर्नुपर्यो।”
नयाँ डेटाले उक्त न्यूट्रन ताराको सतहको तापक्रम १० लाख डिग्रीजति हुन सक्ने सङ्केत गरेको छ। झन्डै १०० अर्ब डिग्रीबाट सेलाएर तापक्रम त्यति भएको हो।
डरलाग्दो कि मिठो?: ब्ल्याक होलबाट आएको आवाज यस्तो सुनिन्छ
२९ डिसेम्बर २०२२
अन्तरिक्षमा ‘बिग ब्याङ’ पछिकै ठूलो विस्फोट पत्ता लाग्यो
२८ फेब्रुवरी २०२०
शिशुतारा
विस्फोटनबारे थप कुरा जान्ने उद्देश्यसहित प्रा क्लाएस फ्रान्सनको टोलीले सुपरनोभाको निगरानी गरिरहने छ।
प्राप्त डेटाले वैज्ञानिकहरूलाई “शिशु” अवस्थामा रहेको न्यूट्रन तारा निगरानी गर्न तथा त्यसलाई पुराना न्यूट्रन तारासँग तुलना गरी ब्रह्माण्डमा ती विशालकाय खगोलीय पिण्ड कालान्तरमा कसरी विकसित हुन्छन् भन्ने बुझ्न सघाउँछ।
नासाको जेम्स वेब स्पेस टेलिस्कोप (जेडब्ल्यूएसटी) बाट अहिले उक्त सुपरनोभा अवलोकन गर्न सम्भव भएको हो।
जेडब्ल्यूएसटी अहिलेसम्म निर्माण गरिएको सबैभन्दा वेधशाला हो। जेडब्ल्यूएसटीमा इन्फ्र-रेड फ्रीक्वन्सीमा मापन गर्न सकिने उपकरणहरू पनि जडान गरिएको छ। तिनको सहायतामा विगतमा अन्तरिक्षमा फैलिएको तर अहिलेसम्म हाम्रो दृष्टिबाट ओझेल परेको धुलो पनि देख्न सकिन्छ।
पृथ्वीबाहिर जीवको खोजी गर्ने क्रम जारी, ‘उत्कृष्ट सौर्यमण्डल’ भित्र फेला परे छवटा अद्भुत ग्रह
६ डिसेम्बर २०२३
ब्रह्माण्डको रहस्य पत्ता लगाउन निर्मित टेलिस्कोपले पठायो यस्ता अद्भुत तस्बिर
१७ नोभेम्बर २०२३
यूसीएलका प्रा माइक बार्लोका अनुसार अप्रत्यक्ष सङ्केतहरू भए पनि जेडब्ल्यूएसटीले त्यो न्यूट्रन तारा नै भएको देखाउने “पहिलो प्रत्यक्ष प्रमाण” फेला पारेको हो।
“तीस वर्षभन्दा बढी समयदेखि धुलोभित्र न्यूट्रन तारा लुकेको छ कि भन्ने ठानिएको थियो। यो रहस्य अहिले हामीले उद्घाटित गर्न पाउनु उत्साहजनक कुरा हो।”
प्रमाण कति बलियो
बाह्र देशका ३४ वैज्ञानिकहरूले जेडब्ल्यूएसटीबाट प्राप्त डेटा विश्लेषण गरेका थिए।
डेटामा उनीहरूले आर्गन र सल्फरका परमाणुबाट निस्किएको प्रकाश फेला पारे। ती तत्त्वहरू सुपरनोभाको मध्यभागमा अवस्थित न्यूट्रन ताराबाट उत्पन्न शक्तिशाली विकिरणबाट मात्र बन्न सक्छन्।
न्यूट्रन तारा देखिने वस्तुगत तस्बिर नभए पनि ती डेटाले अरू कुरा व्याख्या गर्न नसक्ने रोयल एस्ट्रनमिकल सोसाइटीका डा रोबर्ट म्यासीले बताए।
“हामी भाग्यमानी रहेछौँ भने आगामी केही वर्षमै हामीले मध्यभागमै त्यो न्यूट्रन तारा देख्न पाउँछौँ, त्यस प्रकारको कुनै रहस्यमय वस्तुलाई त्यसको जीवनको निकै प्रारम्भिक चरणमै।”
खगोलशास्त्रीहरूसँग ताराको मृत्युसँग सम्बन्धित रहस्य यही हो भन्न अकाट्य प्रमाण नभए पनि उनीहरूसँग आफूले निकालेको निष्कर्ष पुष्टि गर्न यथेष्ट पारिस्थितिक प्रमाणहरू छन्।
अन्तरिक्षमा अर्को दुर्लभ घटना – ताराहरू ब्ल्याक होलमा ठोकिँदा जे देखियो
९ डिसेम्बर २०२२
ग्यासको विशाल बादललाई ‘ब्ल्याक होलले निल्दा’ ब्रह्माण्डमा महाविस्फोटन
१५ मई २०२३
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।