• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चन्द्रमामा रात सकिएपछि जापानी ल्यान्डर जाग्यो, फेरि पठायो तस्बिर

  • वीरगंज संजाल
  • १५ फाल्गुन २०८०, मंगलवार १७:०६
  • १८९७

    वीरगंज | चन्द्रमामा अवतरण गरेको जापानी अन्तरिक्षयानको ‘ल्यान्डर’ यान अझै सक्रिय रहेको सङ्केत प्राप्त भएको छ। ऊर्जा प्रणालीमा समस्या उत्पन्न भएपछि अनि चन्द्रमामा रात परेपछि उक्त ‘ल्यान्डर’ले काम नगर्ला कि भन्ने डर जापानी अन्तरिक्ष निकाय (जाक्सा) को थियो।

    जाक्साका अनुसार चन्द्रमामाा रात सकिएपछि ‘स्लिम’लाई पृथ्वीबाट “निर्देशन” दिइएको र त्यसले पठाएको प्रतिक्रिया पनि प्राप्त भएको छ। स्लिम ‘स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन’ को सङ्क्षिप्त रूप हो।

    चन्द्रमामा हुने रातको अवधि पृथ्वीमा दुई साताजति हुन्छ। रात पर्दा चन्द्रमामा निस्पट्ट अन्धकार हुन्छ र तापक्रम पनि निकै घट्छ।

    गत महिना चन्द्रमामा अवतरण गर्दा गर्दा उक्त ‘ल्यान्डर’ उत्तानो अवस्थामा थियो। त्यसमा जडित सौर्य प्यानलहरू सूर्यतिर नफर्किएकाले ऊर्जा प्रणालीमा सङ्कट उत्पन्न भएको थियो। त्यसैले ‘स्लिम’लाई निष्कृय अर्थात् ”स्लीप मोड’ मा राखिएको थियो।

    सूर्यको प्रकाश अर्को दिशाबाट प्राप्त भएपछि उक्त यानले पृथ्वीमा तस्बिरहरू पठाउन सकेको थियो। तर चन्द्रमामा रात परेपछि फेरि त्यसलाई बन्द गरिएको थियो।

     

    ठूलो चुनौती पार

    जाक्साका अनुसार ‘स्लिम’ को निर्माण कठोर चन्द्ररात्रिमा हुने अवस्था खप्ने गरी भएको थिएन।

    त्यतिबेला उक्त निकायले चन्द्रमामा फेरि सूर्योदय भएपछि मध्यफेब्रुअरीदेखि ‘स्लिम’का सौर्य प्यानलमा प्रकाश पर्ने र उक्त ‘ल्यान्डर’लाई फेरि सञ्चालन गर्न प्रयास गर्ने जनाएको थियो।

    “चिसो चन्द्ररात्रिपछि ‘स्लिम’ आफैँ ‘रिबूट’ भएको समाचार महत्त्वपूर्ण छ,” यूकेस्थित ओपन यूनिभर्सटीका सिमिअन बार्बरले भने।

    “चन्द्रमामा दीर्घकालीन रोबटिक वा मानवसहितको अभियान चलाउने हो भने चन्द्रमाको रातमा जोगिनु भनेको एउटा ठूलो प्राविधिक चुनौती पार गर्नु हो।”

     

    ‘स्लिम’ चन्द्रमाको मध्यरेखानजिकै ओर्लिएको थियो।

    डा बार्बरका अनुसार त्यहाँ मध्याह्नतिर तापक्रम १०० डिग्री सेल्सिअस पुग्छ तर राति ह्वात्तै झरेर माइनस १३० डिग्री हुन्छ।

    अवतरण गरेको केही समयपछि नै ‘ल्यान्डर’सँगको सञ्चारसम्पर्क विच्छेद गरेको जानकारी जाक्साले दिएको थियो।

    त्यतिबेला त्यहाँ मध्यदिन थियो र सञ्चार गर्न प्रयोग हुने उपकरण निकै तातेको थियो।

    नयाँ तस्बिर

    स्लिमले पठाएको चन्द्रमाको तस्बिर
    स्लिमले अहिले पठाएको चन्द्रमाको तस्बिर

    अहिले जाक्साले सामाजिक सञ्जाल एक्समा माथिको तस्बिर सार्वजनिक गर्दै यो ‘ल्यान्डर’ले खिचेको र ‘ल्यान्डर’ पुनः सक्रिय भएको जानकारी दिएको छ।

    जाक्साका अनुसार उपकरणको तापक्रम घटेपछि ‘ल्यान्डर’लाई फेरि सञ्चालन गर्ने तयारी गरिएको बताएको छ।

    पहिला छोटो अवधिका लागि जगाइँदा ‘स्लिम’ले आफू वरिपरिको ठाउँको अध्ययन गरेको थियो र पृथ्वीमा नयाँनयाँ तस्बिर पठाएको थियो।

    यो ‘ल्यान्डर’ले अब आफ्नो उद्देश्यअनुरूप काम गर्न सक्ने जाक्साको आशा छ।

    इन्फ्रारेड क्यामरा प्रयोग गरेर स्लिमले माथि घेराभित्र देखिने चट्टान केबाट बनेको छ भन्ने अध्ययन गर्ने जाक्साले जनाएको थियो
    इन्फ्रारेड क्यामरा प्रयोग गरेर ‘स्लिम’ले माथि घेराभित्र देखिने चट्टान केबाट बनेको छ भन्ने अध्ययन गर्ने जाक्साले जनाएको थियो

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर
  • यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड
  • पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’

    नेपालमा बसेर खालिस्तानी आतंकवादी नेटवर्क चलाउने रिन्डा पक्राउ

    सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब, आव २०८०/८१ मा मात्र ९१ अर्ब ५९ करोड थपियो

    सरकारका मन्त्रालयमध्ये सबैभन्दा बढी बेरुजु अर्थको, अन्यको कति?

    गभर्नर सिफारिस समितिमा पाण्डे नियुक्त

    सत्य निरुपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त (नामावलीसहित)

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    News

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    News

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    News

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    News

    मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑