बारा | बारा जिल्लाको सिम्रौनगढ नगरपालिकामा भ्रस्टाचार गरेको आरोप लागेका तत्कालीन प्रशासकीय अधिकृत र लेखा प्रमुख भ्रष्टाचारी ठहरिएका छन । भ्रष्टाचार गरेको आरोपलाई स्विकार्दै विशेष अदालतले उनिहरु लाई ४ लाख ६१ हजार ५ सय रुपैयाँ जरिवाना सहित ६ महिना केद सजायको फैसला गरेको छ।
नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासिनी र लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी ले सिम्रौनगढ नगरपालिकाका अन्तरगत रहेको माछापोखरीको ठेक्काको रकम हिनामिना गरेको आरोपलाई अदालतका न्यायाधीश टेकनारायण कुवँर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले भ्रष्टाचारमा दोषी ठहर गरेको हो।
सोमबारका दिन फैसला गर्दै विशेष अदालतले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मरासिनी र तत्कालीन लेखा अधिकृत चौधरीले नगरपालिकाबाट आर्थिक वर्ष २०७५/७६ मा देवापुर माछापोखरी ठेक्कामा धरौटीबापत ९ लाख २२ हजार ५ सय रुपैयाँ सम्झौता हुनुअगाडि नै फिर्ता गरी हानीनाेक्सानी पुऱ्याएको अख्तियारको दाबी रहेको थियो ।