वीरगंज | सरकारले सच्यायो पत्र, मिटरब्याज पीडित संघर्ष समितिलाई वार्तामा आउन आह्वान
काठमाडौं । सरकारले व्यक्तिगत रुपमा पठाएको पत्र सच्याउँदै मिटरब्याज पीडित संघर्ष समितिलाई वार्तामा बोलाएको छ ।
मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदृुर संघर्ष समितिका नाममा पत्र पठाउँदै गृह मन्त्रालयले वार्तामा आउन भनेको हो । यसअघि मन्त्रालयले समितिका अध्यक्ष अवधेश कुशवाहालाई पत्र पठाउँदै मन्त्रालयले वार्तामा बोलाएको थियो ।
संघर्ष समितिले व्यक्तिगत रुपमा पत्र पठाएको भन्दै व्यक्तिगत रुपमै पत्रको जवाफ दिने निष्कर्ष निकालेको थियो । आइतबार नै गृह मन्त्रालयले मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदृुर संघर्ष समितिलाई सम्बोधन गर्दै अर्को पत्र पठाएको हो । वार्ताका लागि मन्त्रालयले सह–सचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । पत्रमा पीडितका तर्फबाट ५ सदस्यीय टोली गठन गरेर आउन पनि भनिएको छ ।