आज:
  • होमपेज / Breaking News

    नेपालको १२८ देशसँग घाटाको कारोबार

  • वीरगंज संजाल
  • ११ फाल्गुन २०८०, शुक्रबार १७:०९
  • १५२९

    वीरगंज । संसारका १५७ देशसँग ब्यापार गरिरहेको नेपालले १२८ देशसँग घाटाको कारोबार गरिरहेको छ। नेपालको वैदेशिक निर्यात यो वर्ष थप संकुचित भएको छ। माघसम्ममा नेपालले ८६ अर्ब ८३ करोड रुपैयाँको मात्रै निर्यात गरेको छ। यो गत वर्षको तुलनामा ७ प्रतिशत थोरै हो। निर्यात क्षमता बढ्न नसक्दा वैदेशिक व्यापारमा नेपालले उच्च घाटा बेहोर्दै आएको छ। निर्यात थोरै र आयात उच्च भएका कारण नेपालले यो आर्थिक वर्षको साउनदेखि माघसम्म वैदेशिक व्यापारमा आठ खर्ब ११ अर्ब रुपैयाँ घाटा बेहोरेको छ। नेपालले एक सय रुपैयाँको सामान आयात गर्दा दश रुपैयाँ हाराहारीको मात्रै निर्यात गर्छ। भन्सार विभागका अनुसार, यो आर्थिक वर्षको पहिलो सात महीना (साउन–माघ) मा नेपालले करीब आठ खर्ब ९८ अर्ब रुपैयाँ मूल्यका सामान आयात गरेको छ। यो बितेको वर्षको यही अवधिको तुलनामा २.३१ प्रतिशत थोरै हो। देशमा वस्तु र सेवाको माग पछिल्लो वर्षदेखि नै सुस्त छ। यसैकारण आयात घटेको व्यवसायीले बताउने गरेका छन्। यद्यपि, अघिल्ला महीनाका तुलनामा माघमा भने आयातमा सामान्य वृद्धि भएको छ। माघमा एक खर्ब २९ अर्ब ७७ करोड रुपैयाँको मालसामान भित्रिएको छ। अघिल्ला महीनामा औसतमा एक खर्ब २८ अर्ब रुपैयाँको मात्रै आयात भएको तथ्यांकले देखाउँछ।

    दुई वर्षअघि हरेक महीना औसतमा डेढ खर्ब रुपैयाँको आयात भएको थियो। अर्थतन्त्रमा सुस्तताका कारण गत वर्षदेखि नै आयात खस्किएको हो। भन्सार विभागका अनुसार, साउनदेखि माघसम्म नेपालले एक खर्ब ५० अर्ब रुपैयाँ हाराहारीको कृषिजन्य वस्तु आयात गरेको छ। यसमा २८ अर्ब २१ करोड रुपैयाँको अन्न, १९ अर्ब ५० करोड रुपैयाँको तरकारी, १२ अर्ब ४० करोड रुपैयाँको फलफूल छन्। यो अवधिमा नेपालले झण्डै ४० अर्ब रुपैयाँ जतिको खाने तेल वा तेलजन्य वस्तु पनि आयात गरेको छ। व्यवसायीले विदेशबाट कच्चा तेल आयात गर्दै भारत निर्यात गरेर नाफा कमाउने गरेका छन्। यद्यपि, पछिल्लो समयमा यो व्यवसाय घटिरहेको छ। यो अवधिमा नेपालले सर्वाधिक धेरै मूल्यको पेट्रोलियम पदार्थको आयात गरेको छ। माघसम्म एक खर्ब ८५ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ, ७६ अर्ब रुपैयाँ बराबरको फलाम, ६० अर्ब रुपैयाँ बराबरको विद्युतीय मेसिन र सामान आयात भएको छ।

    यो अवधिमा सबैभन्दा धेरै नौ अर्ब २९ करोड रुपैयाँको फलाम र स्टिलका वस्तु (खासगरी जस्तापाता), आठ अर्ब आठ करोड रुपैयाँको कफी र मसला, ६ अर्ब ६० करोड रुपैयाँको गलैंचा, चार अर्ब ६५ करोड रुपैयाँको लुत्ताकपडा निर्यात गरेको छ। नेपालको १५७ देशसँग वैदेशिक व्यापार रहेको तथ्यांकले देखाएको छ। यसमध्ये २९ देशमा नेपालले आयातभन्दा निर्यात धेरै गरेको छ भने बाँकी देशबाट निर्यातभन्दा आयात धेरै गर्छ। अमेरिका, डेनमार्क, नर्वेजस्ता देशमा आयातभन्दा निर्यात धेरै छ। तर भारत, चीन, युक्रेन, मलेशिया, दुबई लगायतका देशबाट आयात धेरै छ। सबैभन्दा धेरै नेपालले भारतबाट पाँच खर्ब ५४ अर्ब रुपैयाँ बराबरको आयात गरेको छ। चीनबाट एक खर्ब ७३ अर्ब मूल्यका वस्तु आयात गरेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑