• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कर बढाउने हल्लाले ‘ईभी’ को आयातमा वृद्धि

  • वीरगंज संजाल
  • १० फाल्गुन २०८०, बिहीबार १५:३६
  • १२३३

    वीरगंज । नेपाली अटोमोबाइल बजार तीव्र गतिमा विद्युतीयकरणतर्फ दौडिएको छ । सवारी आयातमा सरकारी नीति पेट्रोलियम पदार्थबाट चल्ने सवारीको प्रतिस्थापन गर्न विद्युतीय गाडीमा सहुलियत दिएसँगै बजार ईभी (विद्युतीय सवारी) तर्फ आकर्षित भएको हो । फलतः छोटो समयमा नै नेपाली बजारमा विद्युतीय सवारीको माग र प्रयोगले फड्को मारेको छ । चालु आर्थिक वर्षको ७ महिनामा मात्र १५ अर्ब ४ करोड रुपैयाँ बराबरको विद्युतीय गाडी नेपाल भित्रिएका छन् । साउनदेखि माघ मसान्तसम्ममा कूल १५ अर्ब ४ करोड ९ लाख ४६ हजार रुपैयाँ बराबरका ६ हजार १५९ वटा विद्युतीय गाडी (कार, भ्यान र जिप) नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । जबकि अघिल्लो वर्षको यसै अवधिमा जम्मा ५ अर्ब ६२ करोड ९९ लाख ८३ हजार रुपैयाँ बराबरको २ हजार ९ वटा मात्र विद्युतीय सवारी आयात भएको थियो । गएको एक वर्षमा विद्युतीय गाडीको आयात मूल्यका आधारमा १६७.१५ प्रतिशतले र सङ्ख्याको आधारमा अधिकतम २०६.५७ प्रतिशतले वृद्धि भएको छ । विद्युतीय सवारी आयात बढ्नुले नेपाली अटोमोबाइल बजार तीव्र गतिमा इलेक्ट्रिकतर्फ सिफ्ट हुँदैछ भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।

    विद्युतीय सवारी आयातको तुलनात्मक तथ्याङ्क (अङ्क हजारमा)
    तथ्याङ्क हेर्दा अघिल्लो वर्षको तुलनामा यो वर्ष सबैजसो क्याटागोरी (वर्ग) का विद्युतीय सवारीको आयात बढेको छ । सरकारले राजस्व नीतिमा परिमार्जन गर्दै १०० किलोवाटसम्मको विद्युतीय सवारीमा विशेष छुट तथा सहुलियत दिएसँगै अधिकांश आयातकर्ताहरुले १०० किलोवाटभन्दा कम ब्याट्री क्षमताको गाडी आयात गरेको तथ्यांकमा देखिन्छ । अघिल्लो वर्ष ५ अर्ब ४० करोड ४८ लाख ३६ हजार रुपैयाँ बराबरको १०० किलोवाट ब्याट्री क्षमताको विद्युतीय सवारी आयात भएकोमा यो वर्षको ७ महिनामा ५० किलोवाट र १०० किलोवाट गरी दुई क्याटगोरीमा मात्र १४ अर्ब ५५ करोड १३ लाख ४१ हजार रुपैयाँ बराबरको सवारी भित्रिएको छ । बाँकी ४८ करोड ९६ लाख ५ हजार रुपैयाँ बराबरको १०० किलोवाटदेखि ३०० किलोवाटसम्मका विद्युतीय सवारी आयात भएका छन् ।

    सरकारले दिएको सहुलियत
    आर्थिक विधेयक, २०८० ले गरेको व्यवस्था विद्युतीय सवारीको भन्सार शुल्क, राजस्व तथा अन्तःशुल्कका विशेष छुट दिएको छ । उक्त विधेयक अनुसार यसअघिको व्यवस्था तथा करण प्रणाली परिमार्जन गर्दै सरकारले ५० किलोवाटसम्मको मोटर क्षमता भएको विद्युतीय सवारीमा १० प्रतिशत मात्र भन्सार शुल्क लगाइएको छ । यसमा अन्तःशुल्क पूर्णरुपमा छुट दिइएको छ । यसअघि १०० किलोवाटसम्मका विद्युतीय सवारीलाई एउटै वर्गमा राखिएकोमा यो वर्ष ५० र ५० देखि १००० किलोवाटसम्म गरी दुई वर्गमा छुट्याएको छ । जसबाट सरकारले ५० देखि १०० किलोवाटसम्मको सवारीमा ५ प्रतिशत भन्सार शुल्क बढाएर १५ प्रतिशत बनाएको छ । यस्तो वर्गमा यसअघि अन्तःशुल्क नभएकोमा अहिले १० प्रतिशत अन्तःशुल्क लगाइएको छ । तथापि, यसअघि १०० किलोवाटदेखि २०० किलोवाटसम्मका विद्युतीय सवारीमा ३० प्रतिशत भन्सार शुल्क रहेकोमा यसलाई घटाएर यसपटक सरकारले २० प्रतिशत कायम गरिएको छ । सोही क्षमताको सवारीमा यसअघि ३० प्रतिशत नै रहेको अन्तःशुल्कलाई पनि २० प्रतिशतमा झारिदिएको छ । २०० देखि ३०० किलोवाट क्षमताका सवारीको भन्सार दरलाई भने ४५ प्रतिशतबाट घटाएर ४० प्रतिशतमा झारिएको छ । यस सेग्मेन्टको विद्युतीय सवारीको अन्तःशुल्क ४५ प्रतिशत कायम गरिएको छ । त्यसो त आर्थिक मन्दी, विदेशी मुद्राको सञ्चिति जोगाउन भन्दै सरकारले गत वर्षदेखि लगाएको एलसी प्रतिबन्धले पनि पेट्रोलियम गाडी आयातमा प्रभावित हुनपुग्यो । जसको प्रभाव यता विद्युतीय गाडीको आयात बढ्न पुगेको छ । थप विद्युतीय सवारी आयातमा सरकारले दिएको राजस्व छुट तथा नवीकरणीय ऊर्जाबाट चल्ने सवारीमा पेट्रोलियम पदार्थको खपत कम हुने हुँदा अटोमोबाइल बजार तीव्र गतिमा विद्युतीयतर्फ दौडिन प्रोत्साहन मिलेको हो ।

    कर वृद्धिको हल्लाले आयात वृद्धि गरिएको स्वीकारोक्ति
    तर, पछिल्ला महिनाहरूमा विद्युतीय सवारी ह्वात्तै बढ्नुमा भने केही हल्लाको कारण पनि छ । सरकारले लक्षित राजस्व उठाउन नसकिरहेको बेला विद्युतीय सवारीका कारण ठुलो राजस्वको हिस्सा गुमेको भन्दै अर्थमन्त्रीले नै सार्वजनिक फोरमहरूमा भाषण गर्दै हिँड्न थालेपछि एकाएक विद्युतीय गाडीको राजस्व वृद्धिको हल्ला चल्यो । यसले सवारी आयातकर्ताहरू झस्किए । आगामी आर्थिक वर्षको बजेटले विद्युतीय सवारीको कर वृद्धि गर्ने डरले व्यवसायीहरूले तत्काल विद्युतीय सवारी आयात बढाएका छन् । जसले गर्दा पछिल्लो दुई महिनामा मात्र ६ अर्ब १ करोड १५ लाख १३ हजार रुपैयाँ बराबरको २ हजार ४८४ वटा विद्युतीय कार, भ्यान र जिप आयात भएका छन् । २०८० मङ्सिर मसान्तसम्ममा यस्तो विद्युतीय सवारी जम्मा ९ अर्ब २ करोड ९४ लाख ३३ हजार रुपैयाँ बराबरको ३ हजार ६७५ वटा सवारी नेपाल भित्रिएका थिए । त्यसो त विद्युतीय सवारीको राजस्व वृद्धिकै हल्लाका कारण आफूहरूले सवारी आयात वृद्धि गर्नु परेको व्यवसायीहरूले स्वीकारेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न
  • पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न
  • नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न
  • वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

    पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

    आईपीएलको उपाधि बेंगलुरुलाई

    मुद्दा मिलाइदिन्छु भनी एक लाख ७० हजार ठगी गर्ने पक्राउ

    कस्तो रहला आजको मौसम?

    मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनलका बिजेताहरु थाईल्याण्ड जाँदै

    वीरगञ्जमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

    पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न

    News

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    News

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    News

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑