• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेशकेन्द्रित राजनीतिका प्रभावशाली दुई नेता अलग्गिंदै ठाकुर र महतो

  • वीरगंज संजाल
  • ९ फाल्गुन २०८०, बुधबार २१:०५
  • १४२१

    वीरगंज | मधेशकेन्द्रित राजनीतिका प्रभावशाली दुई नेता महन्थ ठाकुर र राजेन्द्र महतो अलग हुने सँघारमा पुगेका छन्। ‘विभेद विरुद्ध मधेशी, आदिवासी जनजाति, थारू, मुस्लिम, दलित सबैले एकजुट भएर लड्नुपर्छ, त्यसका लागि वैचारिक, राजनीतिक अभियान शुरू गर्छौं।’
    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतो अहिले कार्यकर्ता भेटघाटमा यही वाक्य दोहोर्‍याउँछन्। ‘राष्ट्रिय मुक्ति क्रान्तिका लागि अभियान’ भन्दै महतो तराई-मधेशमा कार्यकर्तालाई भेटिरहेका छन्। अभियानको तयारीका क्रममा उनी विभिन्न समुदायका व्यक्तिसँग छलफल गरिरहेका छन्।

    पार्टीसँग कुनै सरसल्लाह नगरी किन गाउँ गाउँ पुगिरहेका छन्? महतो निकट एक नेता भन्छन्, “लोसपामा नेतृत्वसँग वरिष्ठ नेताजीको कुराकानी मिलिरहेको छैन, नेतृत्वले पनि किनारा लगाएको छ। त्यसैले अभियानबाट नयाँ पार्टीको स्थापना गर्ने तयारी छ।”
    अध्यक्ष महन्थ ठाकुरसँग असन्तुष्ट महतोले तराई-मधेशसँगै पहाडमा पनि अभियान चलाउने बताएका छन्। पहाडी क्षेत्रमा विशेष गरेर दलित समुदायलाई समेट्ने उनको योजना छ। सार्वजनिक रूपमा अभियान भने पनि कार्यकर्तासँगको भेटघाटमा भने खुलेरै चर्चा गर्दै आएका छन्। सिरहामा आयोजित कार्यक्रममा सहभागी एक स्थानीय नेता भन्छन्, “राजेन्द्र महतोजी लोसपामा आफ्नो भविष्य नरहेको निष्कर्षमा पुग्नुभएको छ।”
    लामो समयदेखि अध्यक्ष ठाकुरसँग दूरी बनाइरहेका महतो पछिल्लो पटक भने केन्द्रीय कार्यसमिति विस्तारबाट असन्तुष्ट बनेका हुन्। लोसपाको केन्द्रीय कार्यसमिति विस्तार गर्दा आफूलाई बेवास्ता गरेको महतोको गुनासो छ।

    अर्कातिर, महतो निकट मानिएका धेरैजसो नेता तथा कार्यकर्ताले लोसपा छाडिसकेका छन्। लोसपा गठनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका महतो आफू निकट नेता अन्य पार्टीमा लागेपछि कमजोर देखिएका छन्। त्यसले पनि ठाकुरले महतोलाई महत्त्व दिएका छैनन्।
    तैपनि एक्कासि पार्टी विभाजन गरेर जाँदा प्रत्युत्पादक हुने भएपछि अभियान चलाउने निष्कर्षमा पुगेका हुन्। मधेशकेन्द्रित दलहरू निकै कमजोर भई मधेशका अजेन्डा बिलाउन थालेकाले अभियान मार्फत पुनर्जागृत गर्ने महतोको भनाइ छ।
    मधेशबाट शुरू हुने अभियान काठमाडौं पुग्ने र त्यसपछि नयाँ पार्टी गठन हुने महतो निकट नेता बताउँछन्। त्यसको तयारीका लागि जिल्ला भेलाहरू भइरहेका छन्।

    वरिष्ठ नेता महतोको जिल्ला दौडाहालाई लोसपा नेतृत्वले पनि शंकाको दृष्टिले हेरेको छ। अध्यक्ष ठाकुरसँगै लोसपा नेताहरू पनि असन्तुष्ट देखिन्छन्। उनीहरू यसबारे पार्टीमा छलफल हुने बताउँछन्। ठाकुर निकट नेता जितेन्द्र सोनल भन्छन्, “वरिष्ठ नेता राजेन्द्र महतोजीले गरिरहेका क्रियाकलापमा पार्टी सहमत छैन, उहाँको गतिविधिबारे पार्टीमा छिटै छलफल हुनेछ।”
    महतो निकट लोसपाका नेताहरू भने यसलाई पार्टीले स्वीकार गर्नुपर्ने बताउँछन्। “पार्टीबाट माथि उठेर अभियान सञ्चालन गर्न लागिएको हो। मधेशी जनताको हितका लागि काम गर्न अभियान शुरू हुन्छ,” उनी भन्छन्, “यो जनहितको अभियान हो, यसले पार्टीलाई समस्या हुँदैन र पार्टीले पनि अवरोध गर्छ जस्तो लाग्दैन।”
    महतो अलग हुने तयारीमा जुटेपछि ठाकुर पनि अन्य पार्टी र नेतासँग सहकार्य गर्ने प्रयासमा छन्। यसअघि असन्तुष्ट बनेका नेताहरूसँग संवाद गर्न थालेका छन्।

    ठाकुर निकट नेताहरूका अनुसार हृदयेश त्रिपाठी र वृषेशचन्द्र लालसँग सहकार्यदेखि पार्टी एकतासम्मको योजना अघि सारिएको छ। त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (लोसपा) बीच बुधबार मात्रै सहकार्यका लागि सहमति बनेको छ। त्यसलाई लोसपासँग एकता वा सहकार्यको तयारीका रूपमा लिइएको छ।
    लोसपाका नेता सोनल राजनीतिमा असम्भव केही नभएको सुनाउँदै विगतमा अलग भएका नेतासँग सहकार्यको तयारीमा लागेको बताउँछन्। “मधेशका मुद्दामा कतिपय शक्तिहरू एक हुन चाहेका छन्। हामीसँग विगतमा कार्य गरेर र कुनै कारणवश अलग भएकाहरूसँग सहकार्यका लागि छलफल भइरहेको छ,” सोनल भन्छन्।

    तमलोपा अध्यक्ष लाल पनि लोसपासँग एकीकरण वा सहकार्यका लागि कुराकानी चलिरहेको बताउँछन्। “लोसपासँग सहकार्यको प्रस्ताव औपचारिक रूपमा आएको छैन,” लाल भन्छन्, “पार्टी एकता वा सहकार्यका लागि सोही अनुसार प्रस्ताव आउनुपर्ने हो तर आएको छैन। अनौपचारिक रूपमा कुराकानी भने भइरहेको छ।”
    २०६३ सालमा मधेश आन्दोलनका दौरान नेपाली कांग्रेसको कोषाध्यक्षबाट राजीनामा दिएर ठाकुर मधेशकेन्द्रित राजनीतिमा होमिएका थिए। गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा मन्त्री रहेकै वेला ठाकुरले कांग्रेस परित्याग गरेका थिए। उनको नेतृत्वमा तराई मधेश लोकतान्त्रिक पार्टी गठन भएको थियो।
    त्यही वेला नेपाल सद्‌भावना पार्टी परित्याग गरेर त्रिपाठी पनि तमलोपामा आबद्ध भएका थिए। वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पाएका त्रिपाठीले २०७४ सालको स्थानीय चुनावका क्रममा ठाकुरको साथ छाडेका थिए।
    त्यस्तै, लाल पनि ठाकुरसँग अलग भएर तमलोपा गठन गर्न पुगेका थिए। त्रिपाठी र लालले साथ छोडेपछि महतो ठाकुरसँग उभिएका थिए। तर अहिले महतोले साथ छोड्न लागेपछि ठाकुर पुराना सहयात्रीलाई फकाउन थालेका हुन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • चेक बाउन्समा प्रतिवादीलाई एकपछि अर्को ‘बम्बर सहुलियत’, अब पुराना मुद्दामा पनि पाँच प्रतिशत मात्रै जरिवाना तिरे हुने
  • नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी
  • रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या
  • मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चेक बाउन्समा प्रतिवादीलाई एकपछि अर्को ‘बम्बर सहुलियत’, अब पुराना मुद्दामा पनि पाँच प्रतिशत मात्रै जरिवाना तिरे हुने

    नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी

    रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या

    मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    रविको मुद्दाबारे अधिवक्ताहरूको ‘ब्रिफिङ’- ‘मुद्दा कानुनीभन्दा बढी राजनीतिक, गलत नियतका साथ आकर्षित नहुने अभियोग लगाइयो

    माधवकुमार नेपालको राजनीतिक जीवनको आलो प्रभात

    विश्वकै लामो मुक्तिनाथ केबुलकार बनाउन ५७ अर्ब ६४ करोड लगानी स्वीकृत

    पतञ्जलीको भ्रष्टाचारमा सूर्यविनायक नगरपालिकाका मेयरविरुद्ध पनि मुद्दा दायर

    नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी

    रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या

    मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी

    News

    रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या

    News

    मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम

    News

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    News

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑