• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जमा कर्फ्युलाई निरन्तरता दिने प्रशासनको निर्णय

  • वीरगंज संजाल
  • ८ फाल्गुन २०८०, मंगलवार १९:३७
  • २५७३

    वीरगन्ज | वीरगन्जमा सोमबारदेखि दुई फरक धर्म–समुदायबिचको द्वन्द्धका कारण तनावग्रस्त बनेको अवस्था साम्य पार्नका लागि यहाँका राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवाहरुले संयुक्त प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।

    रौतहटमा भएको सरव्ती मूर्ति बिसर्जनका क्रममा भएको विवादको विषयलाई लिएर वीरगन्जमापनि दुई फरक धर्म समुदायबिच झडप भई स्थिती नियन्त्रण बाहिर गएपछि स्थानीय प्रशासनले सोमबार साँँझ ५ बजेदेखि अनिश्चितकालीन कर्पm्यू लगाएको छ ।

    जिल्ला प्रशासन कार्यालय पर्सामा मंगलबार दिउँसो बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले वीरगन्जमा सदियौंदेखि कायम जातजाति,भाषा,धर्म,समुदायबिचको एकतालाई अझ मजबुत बनाउने निर्णय गर्दै वीरगन्जमा दुई फरक धर्म समुदायबिचको द्वन्द्वका कारण उत्पन्न तनावलाई साम्य पार्न सामाजिक एकतालाई विखण्डन गर्न खोज्ने जुनसुकै दुष्प्रयासलाई निष्फल पार्न सामुहिक प्रयास गर्ने निर्णयसमेत गरेको छ ।

    यस्तै बैठकमा वीरगन्जमा रहेका धार्मिकस्थलहरुमा नाराबाजी,जुलुश लगायतका विरोधका कार्यक्रम नगर्ने नगराउने र यस्ता किसिमका गतिविधि गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई सहयोग गर्ने सहमतिपनि भएको बैठकमा सहभागी वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले जानकारी गराए।

    यसैगरी खुल्लमखुल्ला रुपमा डिजे बजाउने र चर्काे स्वरमा माइक बजाउने, राँके जुलुश, लाठीभाला सहितको जुलुश निकाल्ने लगायतका कृयाकलाप गर्ने विरुद्ध कानुन बमोजिम कबाही प्रशासन समक्ष अनुरोध गर्ने र यसमा सबै दलले सहयोग गर्ने सहमित पनि भएको उनले बताए ।

    जिल्लाको शान्ति सुरक्षा र अमन चयनलाई खलल पर्ने किसिमका धार्मिक र सामाजिक सदभाव बिगार्ने एंव द्वन्दलाई उस्काउने प्रकारका अवाञ्छित गतिविधि साथै धार्मिक , सम्प्रदायिक रयाली,जुलुश,बन्द हडताल लगायतका गतिवधि कुनैपनि संघसंस्था र समुदायले नगर्ने र यसमा सबै दल,नागरिक समाज र संघसंस्थाले सहयोग गर्ने सहमित बैठकमा भएको बैठकमा सहभागी पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शीव लम्सालले बताए ।यस्तै सामाजिक सञ्जालमा कुनैपनि जातजाति, धर्म वा समुदायलाई लक्षित गरी नकारात्मक कुराहरु पोष्ट गर्ने गराउने उपर प्रशासनले कडा कारबाही गर्ने निर्णयपनि भएको उनले बताए।

    प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको अध्यक्षतामा बसेको बैठक प्रतिनिधि सभा सदस्य प्रदीप यादव, प्रदेश सरकारका पर्यटन राज्यमन्त्री रहबर अन्सारी,वीरगन्ज महानगरका मेयर राजेशमान सिंह,नेकपा एमालेका जिल्ला संयोजक विश्वम्भर शर्मा,जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव, नेपाली कांग्रेसका नेता नरेन्द्र साह,जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष बालगोपाल थापा,लोसपाका जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झा,राप्रपाका पन्नालाल पटेल,पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापा,सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्य ,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी ,उपाध्यक्ष युवराज खड्का लगायतको सहभागीता रहेको थियो।

    सर्वदलीय–सर्वपक्षीय बैठकपछि मंगलबारनै साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले सोमबारदेखि जारी कर्पm्युलाई निरन्तरता दिने निर्णय गरेको छ । अवस्था अझै पूर्ण रुपमा नियन्त्रणमा आइनसकेकोले जारी कर्पm्युलाई हालका लागि निरन्तरता दिने निर्णय गरिएको बैठकमा सहभागी सहायक प्रजिअ लम्सालले जानकारी दिए ।

    यसैबिच कर्फ्यु लगाउँदाका बाबजुदपनि मंगलबारपनि वीरगन्जको अवस्था दिनभर तनावग्रस्त रह्यो ।कर्फ्यु लागेपनि वीरगन्जका ठाँउ ठाँउमा हिन्दुवादीहरुले टायर बालेर प्रदर्शन गरेका थिए ।घडिअर्वामा मंगलबार बिहान टायर बालेर प्रदर्शन गरेकाहरुलाई प्रहरीले लखेट्ने क्रममा प्रदर्शनकारी र प्रहरीबिच झडपपनि भएको थियो । त्यसक्रममा त्यहाँबाट प्रहरीले पाँच जना युवालाई नियन्त्रणमा पनि लिएको थियो । मंगलबार वीरगन्जका विभिन्न स्थानबाट कर्पm्यु उल्लंघन गरेको आरोपमा प्रहरीले ३० भन्दा बढीलाई नियन्त्रणमा लिएको थियो । यसअघि सोमबार वीरगन्जको इदगाह चोकमा भएको झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरि ११ जना सुरक्षाकर्मी घाइतेपनि भएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑