• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    काठमाडौँ–तराई द्रुत मार्ग : सुरुङ निर्माणको काम तीव्र गतिमा

  • वीरगंज संजाल
  • ७ फाल्गुन २०८०, सोमबार १७:०३
  • २०३३

    वीरगंज । काठमाडौँ–तराई द्रुत मार्गको पछिल्लो ६ वर्षमा ३०.९६ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । ललितपुरको खोकनादेखि बाराको निजगढसम्म ७०.९७७ किमी फास्ट ट्रयाक निर्माण कार्य करिब ३१ प्रतिशत भौतिक प्रगति भएको नेपाली सेनाले बताएको छ । द्रुत मार्गको निर्माण कार्य सुस्त देखिए पनि पछिल्लो समय फास्ट ट्रयाकमा पर्ने सुरुङ निर्माणको काम भने तीव्र गतिमा काम भइरहेको छ ।

    नेपाली सेनाले काठमाडौँ–तराई द्रुत मार्गलाई १३ प्याकेज बनाई काम अघि बढाएको छ । काठमाडौँ–तराई द्रुत मार्गको अहिलेसम्म ५० किलोमिटर सडक निर्माणका लागि ठेक्का लागिसकेको छ भने पाँच वटा प्याकेजको ठेक्का लाग्न बाँकी रहेको नेपाली सेनाले बताएको छ । ठेक्का लागेका आयोजनाको काम तीव्र गतिमा भइरहेको र अहिलेकै गतिमा काम भए आगामी दुई वर्षमा भित्रै निर्माण कार्य सकिने नेपाली सेनाले जनाएको छ ।

    काठमाडौँबाटै द्रुतमार्ग प्रवेश गर्ने प्याकेज ११ मा पर्ने खोकनामा जग्गा विवादले ६.५ किमी ठेक्का लाग्न बाँकी रहेको आयोजना प्रमुख विकास पोखरेलले बताउनु भयो । उहाँले फास्ट ट्रयाक निर्माणका लागि आयोजना ठेक्का लाग्न नसके अगाडि बढ्न नसक्ने जानकारी दिनुभयो ।

    उहाँले अहिलेसम्म १ देखि ७ सम्म र १० नम्बर प्याकेजको ठेक्का भइसकेको बताउनु भयो । प्याकेज नम्बर ८ ‘क’ ९ ‘क’ र ‘ख’ ठेक्का लागेको धेरै समय भए पनि उच्च अदालतमा मुद्दा चलिरहेकाले काम हुन नसकेको उहाँको भनाइ छ । उहाँले अदालतले पनि राष्ट्रिय गौरवको आयोजना भएकाले यसलाई प्राथमिकता दिएर छिटो मुद्दा टुङ्गो लगाए फास्ट ट्रयाक निर्माणका लागि अगाडि बढाउन सहज हुने अवस्था रहेको धारणा राख्नुभयो ।

    प्रमुख पोखरेले सडक ठेक्का लगाउन विवादमा सहमति भए र अदालतले पनि तत्काल मुद्दा किनारा लगाई दिए समय अवधिमा नै आयोजना निर्माण कार्य सम्पन्न गर्न सकिने अपेक्षा रहेको बताउनुभयो । उहाँले प्याकेज ८ ‘ख’को पुनः ठेक्काका लागि आर्थिक प्रस्ताव मूल्याङ्कनका क्रममा रहेको भन्दै केही दिनमा टुङ्गो लग्ने बताउनु भयो । उहाँले चालु आर्थिक वर्षको लक्ष्य हेर्दा ९९ प्रतिशत लक्ष्य पूरा गरेको उल्लेख गर्नु भयो । उहाँले नेपाली सेनालाई प्राप्त भएको जिम्मेवारी आगामी २०८३ चैतसम्म सम्पन्न गर्ने लक्ष्यमा काम गरिरहेको बताउनुभयो ।

    त्यस्तै, काठमाडौँ–तराई द्रुत मार्गअन्तर्गत निर्माण हुने ६ वटा सुरुङ मार्गमध्ये तीनवटा सुरुङको निर्माण जारी रहेको छ । यसरी समग्र सुरुङ मार्गको भौतिक प्रगति ६७.४३ प्रतिशत रहेको सेनाले बताएको छ । सडक मार्गमा लेनडाँडामा १.४३०, धेद्रेमा १.६३० र महादेवटारमा ३.३५५ किसिमका ३ वटा सुरुङ निर्माणाधीन रहेका छन् । बाँकी तीन वटा देवीचौर, सिसौटार र चन्द्राम सुरुङ प्याकेज ८ को ‘ख’ र १० नम्बर प्याकेजमा पर्ने भए पनि जमिनको बनावट कमजोर भएकाले विकल्पमा सुरुङ निर्माण गर्न लागिएको बताएको छ । निर्माण भइरहेको सुरुङ मार्ग काठमाडौँबाट निजगढतर्फ जाँदा एउटा र निजगढबाट काठमाडौँतर्फ आउँदा अर्को छुट्टै सुरुङ प्रयोग गर्नुपर्ने भएकाले एक ठाउँको सुरुङलाई चारतर्फबाट खनिएको छ ।

    द्रुत मार्गका तीन वटै सुरुङमार्गको ठेक्का चिनियाँ कम्पनीले पाएर निर्माण कार्य तीव्र रूपमा गरिरहेको आयोजनाले बताएको छ । बाँकी तीन वटा निर्माण कम्पनीका इन्जिनियर विनायक शर्माले महादेवटारमा ३.३५५ किमीमध्ये १.९४८ किमी सुरुङ खन्ने काम सकिएको बताउनुभयो । उहाँले अब उक्त सुरुङ मार्ग १.४०५ किमी मात्र खन्न बाँकी रहेको भन्दै आगामी दसैँ तिहारको बिचमा ब्रेक थ्रु गर्ने योजना रहेको जानकारी दिनुभयो ।

    उहाँले धेद्रे सुरुङमार्गको १.६३० किमीमध्ये १.१७३ किमी सुरुङ खन्ने काम सकिएको बताउनु भयो । शर्माले धेद्रे सुरुङमार्गको यही गतिका निर्माण कार्य भए आगामी जेठ महिनासम्म ब्रेक थ्रु गर्ने योजना रहेको बताउनु भयो । उहाँले १.४३० किमी दूरी रहेको लेनडाँडा सुरुङ १.२०४ किमी खनिसकिएको बताउनु भयो । उहाँले ३ वटा सुरुङको कुल दूरी ६.४१५ किमी रहेकामा अब २.०९ किमी मात्र खन्न बाँकी रहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘‘अहिले महादेवटार सुरुङ निर्माणको कार्य तीन सिफ्टमा काम भइरहेको छ । यहाँ दुई वटा सुरुङ निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । जसमा बायाँ साइटको सुरुङ दुई हजार ४० किलोमिटर दूरी खनी सकिएको छ । दायाँ तर्फको सुरुङ पनि एक हजार ८७५ मिटर खनी सकिएको छ । यसमा ६० प्रतिशत सुरुङ खन्ने काम सकेका छौँ । यही गतिमा महादेवटार सुरुङ निर्माणको कार्य भयो भने आगामी दसैँ तिहारको बिचमा ब्रेक थ्रु गर्ने योजना रहेको छ । त्यस्तै अर्को धेद्रे सुरुङमार्ग लम्बाई एक हजार ७२८ मिटर हो । यो सुरुङ मार्गको पनि एक हजार १३५ मिटर खनी सकिएको छ । त्यसकै अर्को सुरुङ मार्गको लम्बाई एक हजार ६२२ मिटरमा एक हजार २२८ मिटर खनी सकिएको छ । यही गतिमा काम भए यो सुरुङ मार्गलाई आगामी जेठमा सक्ने योजनामा छौँ ।’’

    द्रुतमार्गमा ८९ वटा पुनर्निर्माण गरिँदै छन् । आकर्षक देखाउन आर्क ब्रिज निर्माण पनि गरिएको छ भने सबै पुलको कुल दूरी १२.८८ किमी रहेको छ । प्याकेज १ देखि ७ सम्म दुई हजार ८ सय २ वटा फाउण्डेसन राखिनेछ । त्यसमध्ये एक हजार ६६५ वटा पायल निर्माण सकिई पुल निर्माण भइरहेका छन् । ६७ पुल निर्माणाधीन हुँदा १८ वटा खरिद प्रक्रियामा छन् । महादेवटार र धेद्रे सुरुङ जोड्न अग्लो पुल निर्माण भइरहेको छ । धेद्रे सुरुङबाट लेनडाँडा सुरुङ जोड्न जमिन सतहबाट ८३ मिटरको सबैभन्दा अग्लो पुल निर्माण पनि भइरहेको छ । कोरियन कन्सल्टेन्ट कम्पनीका चिफ ब्रिज इन्जिनियर डोङ किमले दुई तर्फीका लागि दुई वटा पुल बन्ने जानकारी दिनुभयो । उहाँले एउटा २७० मिटर लामो र अर्को २४५ मिटर लम्बाईकन पुल बन्ने बताउनुभयो । उहाँले यी पुल काठमाडौँको धरहराभन्दा अग्ला रहेको उल्लेख गर्नुभयो ।

    त्यस्तै, नेपाली सेनाका महासेनानी तथा द्रुतमार्ग अपरेसन इन्चार्ज इन्दीवर गुरुङले द्रुतमार्गमा सुरुङ मार्ग र पुल निर्माणसँगै अग्ला पहाडमा कटानको काम भइरहेको बताउनुभयो । उहाँले सुरुङमार्ग बनाउन दूरी कम रहेका अग्ला स्थान कटान गरी एक्सप्रेस वे निर्माण भइरहेको उल्लेख गर्नुभयो । उहाँले डाँडालाई ‘स्लोप’ गरी कटान गरिएको भन्दै स्लोपमा कटान गर्दा बढी जग्गा अधिग्रहण गर्नुपरेको बताउनुभयो । उहाँले नेपालमा निर्माणाधीन धेरै सडकमा पहिरोको जोखिम रहेको भन्दै त्यसलाई हेरेर द्रुतमार्गमा रोकथाम गर्न बायो इन्जिनियरिङमा बढी ध्यान दिएको बताउनुभयो ।

    सेनाले २०८१ मङ्सिरभित्र काम सकिसक्नुपर्ने भए पनि उक्त अवधिमा काम नसकिने भएपछि ०८३ चैतसम्म म्याद थप गरिएको छ । यसको सुरु अनुमानित बजेट एक खर्ब ७५ अर्ब रुपियाँ भएपनि म्याद थपसँगै लागत पनि दुई खर्ब ११ अर्ब ९३ करोड रुपियाँ पुर्‍याइएको छ । अहिलेसम्म ३१.५७ प्रतिशत खर्च भइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी
  • प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि
  • युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए
  • राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी

    प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड

    न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव

    ७.१ प्रतिशतले बढ्यो निजी क्षेत्रमा कर्जा प्रवाह

    पत्रकार महिलाको अर्थपूर्ण सहभागितामा अवरोध छः उपसभामुख राना

    महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

    नेपालको भूमिकाले भारत-पाकिस्तान युद्ध अन्त्य भएको प्रधानमन्त्रीको दाबी

    सुन चाँदी दुबैको घटयो मुल्य

    धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी

    प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड

    न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी

    News

    प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि

    News

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    News

    राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड

    News

    न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑