• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सालाई जेष्ठ ३ गते पूर्ण खोप युक्त जिल्ला घोषणा गर्ने तयारी

  • वीरगंज संजाल
  • ७ फाल्गुन २०८०, सोमबार १२:१५
  • २४२५

    वीरगंज । पर्सा जिल्लालाई आगामी जेष्ठ ३ गते औपचारिक रुपमा पूर्ण खोप युक्त जिल्ला घोषणा गरिने भएको छ । स्वास्थ्य कार्यालय पर्साले आइतबार वीरगन्जमा आयोजना गरेको पूर्ण खोप तथा दिगोपना सम्बन्धमा सरोकारवालासँग अन्तर्क्रिया कार्यक्रममा यस्तो सहमति भएको हो । कार्यालयका खोप अधिकृत जयमोद ठाकुरले गत साता कालिकामाई गाउँपालिकालाई पूर्ण खोप युक्त पालिका घोषणा गरिएसँगै जिल्लाका १४ वटै पालिका पूर्ण खोप युक्त घोषणा भएकाले अब जिल्लालाई नै पूर्ण खोप जिल्ला घोषणा गर्ने बाटो खुलेको बताए । तर त्यसका लागि वैशाखमा संचालन हुने अन्य खोप अभियानहरुलाई सफलतापूर्वक सम्पन्न गरेर मात्र विधिवत रुपमा पूर्ण खोप जिल्ला घोषणा गर्नु उपयुक्त हुने उनले बताए । मधेस प्रदेशका आठ मध्ये चार जिल्ला पूर्ण खोप युक्त जिल्ला घोषणा भइसकेको भन्दै उनले अब पर्सा, रौतहट, धनुषा र महोत्तरी जिल्ला मात्र पूर्ण खोप युक्त जिल्ला घोषणा हुन बाँकी रहेको बताए ।

    आइतबारकाे कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले सरकारले आउदो असार मसान्तसम्म देशलाई पूर्ण खोप युक्त राष्ट्र घोषणा गर्ने लक्ष्यका साथ काम गरी रहेको र यसै सन्दर्भमा पर्सा जिल्लाले ५ महिना अघिनै सफलता पाउनु सराहनिय भएको बताए । युनिसेफ नेपालकी प्रतिनिधि विक्की प्रसाई र विश्व स्वास्थ्य संगठन नेपालका प्रतिनिधि सुरेश शुक्लाले ठूलो परिश्रम र चुनौतीहरुलाई पार गर्दै पर्सा जिल्लाका स्वास्थ्यकर्मीहरुले पूर्ण खोप अभियानलाई सफल बनाएकोमा शुभकामना दिए । पर्सामा पूर्ण खाेप कार्यक्रम २०७३ वैशाखबाट थालिएको थियो । लक्ष्य अनुसार सन् २०१७ भित्रै जिल्लालाई पूर्ण खोप घोषणा गरी सक्नु पर्थ्यो । तर त्यस अवधिमा पनि हुन नसकेपछि पटक पटक म्याद थप्दै काम हुँदै आएको छ । पछिल्लो ५ बर्ष यता कोरोनाकाल तथा अन्य कारण देखाएर काममा ढिलाई भइरहेको थियो ।

    पूर्ण खोप युक्त जिल्ला घोषणा गर्न जिल्लाका २३ महिना मुनिका करिब २५ हजार बालबालिकाले सबै खोप लगाई सकेको हुनुपर्छ । ती मध्ये १ वर्षमुनिका १५ हजार बालबालिकालाई दादुराको दोश्रो खोप लगाई सकेको हुनुपर्छ । १५ महिनादेखि २३ महिना उमेर समूहका सम्पूर्ण बालबालिकाले एउटा पनि खोप नछुटाई सबै खोप लगाएको अवस्थामा पालिका वा जिल्लालाई पूर्ण खोप घोषणा गरिन्छ । २३ महिना मुनिका बालबालिकाले बिसिजी १ मात्रा, डिपिटी/एचइपिबिएचआइबिको ३, ओपीभीको ३, पीसीभीको ३, दादुराको २, जेइको १ डाेज खोप लिएको हुनुपर्छ । यी मध्ये एउटा पनि बालबालिका कुनै एक खोपबाट बन्चित हुनुहुँदैन । प्रजिअ भुषालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख पुरन कुर्मी,स्वास्थ्य कार्यालय पर्साका प्रमुख डाक्टर मुक्ति नारायण साह, नारायणी अस्पतालका डाक्टर उदयनारायण सिंह, सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्य,प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापा, वीरगन्ज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख अनिल यादव,स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमाेद ठाकुर, सामाजिक अभियन्ता प्रकाश थारु लगायतकोपनि सहभागिता थियाे।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑