• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कर्णाली प्रदेश अस्पताललाई ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान’ बनाउने विषयमा सत्ता गठबन्धनमै विवाद

  • वीरगंज संजाल
  • ७ फाल्गुन २०८०, सोमबार १२:०३
  • १२१७

    सुर्खेत । जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हुँदा हुँदै प्रदेश राजधानी वीरेन्द्रनगरमा रहेको प्रदेश अस्पताललाई ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान’ बनाउने गृहकार्य अघि बढाइएको छ । यद्यपि उक्त विषयमा कर्णाली प्रदेश सरकारमा रहेका दल नेपाली कांग्रेस र माओवादीबिच मतभेद कायम छ । सत्ता गठबन्धनमा रहेको कांग्रेस स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनुपर्ने पक्षमा छ भने माओवादी त्यसको विपक्षमा छ । प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का भने जसरी हुन्छ प्रदेश अस्पताललाई आफ्नै कार्यकालमा स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा रूपान्तरण गर्न चाहन्छन् । सरकारले प्रदेश अस्पताललाई १ सय ५० शय्याको दरबन्दी स्वीकृत गरेको छ । तर बिरामीको चापका कारण २ सय ९० शय्याको रूपमा अहिले सञ्चालन भइरहेको छ ।

    भौतिक पूर्वाधारका हिसाबले पनि उत्कृष्ट रहेको भन्दै निर्देशक खड्काले यसलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्नुपर्ने बताए । ‘प्रतिष्ठान बनेको खण्डमा अस्पतालले भोग्ने जनशक्ति अभाव सधैँका लागि समाप्त हुने छ,’ डा. खड्काले भने, ‘त्यसैले पनि यसलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन आवश्यक छ । प्रतिष्ठानमा एमडी/एमए चिकित्सक र स्नातक तह नर्सिङको अध्यापन हुने भएपछि विशिष्टकृत जनशक्तिको उपलब्धता स्वतः वृद्धि भएर जाने छ ।’ प्रतिष्ठान बनेको खण्डमा कर्णालीका जनताले उपचारका लागि काठमाडौँ र भारतीय सहरमा धाउनु नपर्ने खड्काको भनाइ छ । स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने विषयमा विभिन्न मतभेद र स्वार्थ जोडिएका कुरा सतहमा आएका छन् । अहिलेका निर्देशक डा. खड्काको कार्यकाल सकिन लागेको र प्रतिष्ठान बनेको खण्डमा उनलाई नै उपकुलपति (भीसी) बनाउन कांग्रेसले जोडबल गर्ने निश्चित छ । निर्देशक खड्का कांग्रेस उपसभापति तथा रक्षामन्त्री पूर्णबहादुर खड्काका आफ्नै भाइ हुन् । प्रदेश अस्पताललाई देशभरकै उत्कृष्ट बनाउन डा.खड्काले नै महत्त्वपूर्ण भूमिका खेलेका छन् । खड्काकै जोडबलमा अस्पताललाई प्रतिष्ठान बनाउने गृहकार्य अघि बढेको हो ।

    केही समयअघि सामाजिक विकास मन्त्रालयले स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन बनाउनका लागि अर्थ र कानुन मन्त्रालयसँग सैद्धान्तिक सहमति माग गरेको थियो । अर्थबाट राय आइसके पनि कानुन मन्त्रालयमा फाइल रोकिएको सामाजिक विकास मन्त्रालयका सचिव डा. भोजराज शर्मा काफ्ले बताउँछन् । उनी भन्छन्, ‘कानुनमा रोकिएको छ, हामीले आवश्यक भएको, विशेषज्ञ डाक्टरहरू पनि भएको, खर्च पनि नलाग्ने, विशेषज्ञ डाक्टरहरू उत्पादन गर्न सकिने लगायतका कुरा राखेर राय माग गरेका थियौँ ।’उनका अनुसार ३/४ महिना पहिला उक्त राय मागपत्र पठाइएको हो । एक पटक गर्न नसकिने भन्ने ब्यहोराको पत्र आएको उनले बताए । यद्यपि राजनीतिक विषयमा केही समस्या भएको हुन सक्ने उनले आकलन गरे ।
    दुई दलबिच प्रतिष्ठाको लडाइँ, गठबन्धनमै खटपट अस्पताललाई प्रतिष्ठान बनाउने विषय कानुन मन्त्रालयमा रोकिनुको पहिलो कारण चालु आर्थिक वर्षको बजेट वक्तव्यमा स्वास्थ्य विज्ञान प्रतिष्ठान नभई शिक्षण अस्पतालका रूपमा विकास गरिने कुरा उल्लेख रहनु हो । बजेट वक्तव्यको ७९ नम्बर बुँदामा भनिएको छ, ‘संघीय सरकारको समन्वयमा प्रदेश अस्पताल सुर्खेतलाई शिक्षण अस्पतालको रूपमा विकास गर्न आवश्यक कानुन तर्जुमा गर्ने व्यवस्था मिलाएको छु ।’

    कानुन मन्त्री कृष्णबहादुर जिसी भन्छन्, ‘प्रतिष्ठान बनाउन नसकिने भन्ने होइन, बजेट वक्तव्यमा शिक्षण अस्पताल बनाउने कुरा आएको छ, कानुन मन्त्रालयले रोकेको हैन नि ! बजेटमा आएको कुरा त संसद्ले पारित गरेको कुरा हो, बरु अर्थ मन्त्रालयले आफ्नै कानुन उल्लङ्घन गरेर सहमति दिएको छ । आफैँले ल्याएको बजेटको बुँदालाई क्रस गरेर अनुमति दिइएको छ ।’प्रतिष्ठान बनाउने कुरा बजेटमा कतै उल्लेख छैन । अर्थमन्त्री बेदराज सिंह यावत् प्रश्न उठिरहेकाले छलफलकै चरणका रहेको बताउँछन् ।‘प्रस्ताव आएको हो, छलफलमै क्रममा छ, टुङ्गिएको छैन,’ उनले रातोपाटीसँग भने, ‘बजेटमा शिक्षण अस्पतालको कुरा आएको तर, सामाजिक मन्त्रालयले प्रतिष्ठानको प्रस्ताव ल्याएकाले के गर्ने/नगर्ने भन्ने विषयमा छलफलमै छ ।’प्रदेश अस्पतालको विषयमा यसअघि पनि विभिन्न निर्णय भएका छन् । ०७६ मै प्रदेश अस्पताललाई शिक्षण अस्पतालको रूपमा सञ्चालनका लागि निर्णय भएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला
  • नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा
  • भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ
  • गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

    पार्टी पदाधिकारीलाई शेखरको प्रश्न– के कारण महाधिवेशन समयमै हुँदैन ?

    भारतबाट फर्किएका पाँच नेपालीमा कोरोना पुष्टि

    साइकल यात्राको महत्त्व बढ्दै गएको छ : मन्त्री यादव

    काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद

    रोजगारी प्रतिवेदन सकारात्मक आएपछि अमेरिकी सेयर बजार उकालो

    अमेरिका नेपाली परिवारका दुई बालबालिकासहित ४ जनाको मृत्यु

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

    पार्टी पदाधिकारीलाई शेखरको प्रश्न– के कारण महाधिवेशन समयमै हुँदैन ?

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    News

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    News

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    News

    गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

    News

    पार्टी पदाधिकारीलाई शेखरको प्रश्न– के कारण महाधिवेशन समयमै हुँदैन ?

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑