• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:सोमबार ०६ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतले अन्न दिन्न भने २५ प्रतिशत नेपाली भोकै हुने स्थिति’

  • वीरगंज संजाल
  • ६ फाल्गुन २०८०, आईतवार १४:५७
  • १३८९

    वीरगंज । पछिल्लो समय खाद्यान्न आयात बढ्दै जाँदा कृषिप्रधान भनिए नेपालमा खाद्य परनिर्भरता बढ्दै गएको छ । खानाका लागि खेतीपातीमा जोड दिनुपर्ने कृषिविज्ञ तथा खानाका लागि खेतीपातीका अभियन्ता डा. कृष्ण पौडेल बताउँछन् । ‘हाम्रो जस्तो विविधतायुक्त हावापानी भएको देशमा खाद्यको सुरक्षा गर्ने हो भने हाम्रो खानाको बन्दोबस्त आफैँले गर्नुपर्छ,’ उनले भने, ‘यदि भारतले अन्न दिन्नौँ भन्यो भने २५ प्रतिशत नेपाली भोकै हुने स्थिति हुन्छ । २५ प्रतिशत नेपालीले भारतबाट आयातित ९० प्रतिशत खाने कुरा उपभोग गर्छन् ।’सिन्धुलीको जुनार, जुम्लाको मार्सी लगायत विभिन्न स्थानका विशेष खाद्यवस्तु प्रवर्द्धन गर्ने हो भने खाद्यान्नमा आत्मनिर्भर हुनका साथै स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने उनको भनाइ छ । त्यसमाथि हाल खेतीपाती भइरहेको कृषि उपज खानाभन्दा पनि बजारमुखी बढी छ । हाइब्रिड जातको प्रयोग, उत्पादन बढी लिनका लागि विषादी र रासायनिक मलको प्रयोग, ताजा राख्नका लागि विभिन्न रसायनको प्रयोग बढ्दो छ ।

    यसले वातावरण बिगार्ने, माटोको उर्वराशक्ति ह्रास ल्याउने, माटोमा अम्लीयपन बढ्ने र स्वास्थ्यमा हानि पुर्‍याउने विज्ञहरू बताउँछन् । आगामी दिनमा खानाका लागि प्राङ्गारिक खेतीमा जोड दिनुपर्ने सरोकारवालाले बताएका छन् । वातावरणीय परिवर्तनसँगै जैविक विविधता पनि मासिँदै गएको पौडेलले बताए । नेपालमा पछिल्लो पटक करिब ४० प्रतिशत जैविक विविधता मासिएको उनको भनाइ छ । ‘खानाका लागि खेतीपाती गर्दा विषादी प्रयोग हुन भएन, विषादीयुक्त खाना खान कसैले चाहँदैन होला,’ उनले भने, ‘विषमुक्त खेती के हो, कसरी विष मुक्त बनाउन सकिन्छ, त्यसका लागि कस्ता खेती प्रणाली अपनाउने, कस्ता पूर्वाधार आवश्यक पर्ला, हालको खेती प्रणालीले त्यहाँ पु¥याउँछ कि पु¥याउँदैन भन्ने बहसको खाँचो छ ।’नेपालमा खानाका लागि गरिने खेतीपातीका लागि प्राविधिक ज्ञानको पहुँच हुन नसकेको सिन्धुलीका किसान माधव ढुङ्गेल बताउँछन् । ‘हाल हामीले गरेको अभ्यास धेरै थरीको बाली लगाउने छ, तर सरकारले एक बालीमात्रै फोकस गरेको छ,’ उनले भने, ‘यो कुरो हामीले गरेको अभ्याससँग तालमेल भएन ।’ आफूले प्राङ्गारिक खेती गरिरहेको उनले बताए । नेपालमा कृषि कर्मलाई हेपाहाको दृष्टिकोणले हेर्ने गरेको कृषि अभियन्ता उद्धव अधिकारीले बताए । ‘नीतिहरुलाई प्रकृतिमैत्री बनाउन सरकारी निकायले पहल गर्न सकेको छैन,’ उनले भने, ‘यसलाई विशेष जोड दिएर बहस गर्नुपर्छ ।’

    कति आयात हुन्छ खाद्यान्न ?
    नेपालले चालु आर्थिक वर्षको ६ महिनामा मात्रै २२ अर्ब २२ करोड रुपैयाँको खाद्यान्न आयात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार ६ महिनामा ४ लाख ७८ मेट्रिक टन खाद्य वस्तु आयात गरिएको हो । गत आर्थिक वर्षमा नेपालमा ५६ अर्ब ६२ करोड ५३ लाख रुपैयाँ बराबरको खाद्यान्न आयात भएको थियो । यसरी वार्षिक रुपमा नेपालले अर्बौं रकमको खाद्यान्न आयात गर्दै आएको छ ।

    विषादीको प्रयोग बढ्दो
    फलफूल तथा तरकारी बजार विकास समितिको बजार परिसरबाट संकलन गरिएका तरकारीमध्ये गत वर्ष २६ वटा नमुना तरकारी तथा फलफूल खानयोग्य नरहेको पाइएको छ । समितिका अनुसार गत आर्थिक वर्षमा २ हजार ४ सय ९४ तरकारीको नमुना परीक्षण गरिएको थियो । सो नमुना परीक्षणबाट २६ वटा नमुना खानयोग्य नरहेको हो । यस्तै, १२ वटा तरकारी तथा फलफूलका नमुना केही दिन पर्खेर खानुपर्ने देखिएको थियो । हरियो तरकारीका २ हजार ४ सय ५६ वटा नमुना परीक्षण खानयोग्य पाइएको छ । समितिको बजार परिसरमा कृषि विभागको केन्द्रीय कृषि प्रयोगशालामार्फत विषादी अवशेष द्रुत परीक्षण विश्लेषण कार्य हुने गर्दछ । विश्लेषणमा कार्वामेट र अर्गानोफस्फेटको रोकावट दर मापन गरिन्छ । मापनमा ३५ प्रतिशतभन्दा कम भए उपभोगयोग्य, ३५–४५ प्रतिशतसम्म भए केही दिन पर्खने र ४५ प्रतिशतभन्दा बढी भएमा बिसर्जनयोग्य हुन्छ । सो विश्लेषणको आधारमा उपभोग अयोग्य देखिएका वस्तुलाई नियन्त्रणमा लिने र नष्ट गर्ने कार्यमा समितिले सहजीकरण गर्दै आइरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑