• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    स्थानीयको दबाबपछि मन्थली–चिसापानी सडक निर्माण सुरु

  • वीरगंज संजाल
  • ६ फाल्गुन २०८०, आईतवार १४:१६
  • १२६१

    वीरगंज । सदरमुकाम मन्थलीदेखि चिसापानीसम्मको सडक कालोपत्रे गर्ने जिम्मा लिएको रामेछापका प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङको कान्छाराम कन्ट्रक्सनले निर्धारित समयमा काम नगरेको भन्दै स्थानीयले सङ्घर्ष समिति बनाएर आन्दोलनको घोषणा गरेपछि सडक निर्माणको काम अघि बढेको छ ।

    डेढ वर्ष भित्र काम सक्ने गरी तीन वर्षअघि नै ठेक्का लगाइएको सो सडकको काम पटक पटक म्याद थप गरेर पूरा नगरेपछि स्थानीयले प्रकाश श्रेष्ठको संयोजकत्वमा दबाब तथा सङ्घर्ष समिति बनाएका थिए । कूल सात किलोमिटरमध्ये गतसाल दुई किलोमिटर सडक पिच गरेर निर्माण कम्पनीले काम त्यतिकै छाडिदिएको थियो ।

    सडक अलपत्र छाडेर छाडेको कारण धुलो उडेर घर भित्र समेत बस्न नसक्ने अवस्था बनेपछि स्थानीय सङ्घर्षमा उत्रिएका थिए । जिम्मेवार व्यक्तिकै निर्माण कम्पनीले नागरिक स्वास्थ्यमा खेलबाड गर्ने गरी काम अलपत्र पारेको भन्दै स्थानीयले पत्रकार सम्मेलन गरेर निर्माण व्यवसायीको खोजी गरी काममा लगाइदिन आग्रह गर्दै काम सुरु नभए सङ्घर्षमा जाने घोषणा गरेका थिए ।

    सो सडकको लागि वाग्मती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट आर्थिक वर्ष २०७६÷०७७ मा टेन्डर आह्वान गरिएको थियो । तामाङको एमएस कान्छाराम कन्स्ट्रक्सन कम्पनीले २०७७ असार २७ गते भ्याटसहित १९ करोड १ हजार ४ सय ५० रुपैयाँमा काम सम्पन्न गर्ने सम्झौता गरेको थियो । निर्माणको ८० प्रतिशत काम पूरा भएको भन्दै १५ करोड ३२ लाख ७६ हजार ६ सय ८७ रुपैयाँ भुक्तानी लिइसकेको छ ।

    रोकिएको सडक निर्माणको काम सुरु गर्ने पटक पटक लिखित सहमति भएको भए पनि काम अघि बढेको थिएन । सङ्घर्ष समितिले काठमाडौँ स्थित तामाङकै घरमा गएर पनि ज्ञापनपत्र बुझाएको थियो । स्थानीयले सङ्घर्ष समिति बनाएर पत्रकार सम्मेलन गरी निर्माण व्यवसायीको विरुद्ध सडकमा आन्दोलन गर्ने चेतावनी दिएपछि सडकमा बेस राख्ने काम सुरु भएको छ । चैत महिना भरीमा सडकको काम सक्ने निर्माण कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत
  • पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला
  • नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा
  • भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

    पार्टी पदाधिकारीलाई शेखरको प्रश्न– के कारण महाधिवेशन समयमै हुँदैन ?

    भारतबाट फर्किएका पाँच नेपालीमा कोरोना पुष्टि

    साइकल यात्राको महत्त्व बढ्दै गएको छ : मन्त्री यादव

    काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद

    रोजगारी प्रतिवेदन सकारात्मक आएपछि अमेरिकी सेयर बजार उकालो

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    News

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    News

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    News

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    News

    गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑