• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    महोत्तरी : सजिउनको खेतीतर्फ किसान आकर्षित

  • वीरगंज संजाल
  • ६ फाल्गुन २०८०, आईतवार १३:३४
  • १८१७

    वीरगंज । महोत्तरीमा सजिउन (मुन्गा)को व्यावसायिक खेती बढ्न थालेको छ । स्वास्थ्यका लागि गुणकारी मानिने सजिउनको खेतीमा यहाँका प्रत्येक घरपरिवार लागेका छन् । खेतका आली र कतैकतै रुखो कान्लाबारीमा पनि सजिउनका बोट लगाएको देख्न सकिन्छ । बर्दिवास नगरपालिका–६ र ७ का अधिकांश बस्तीका किसानले १०-१५ संख्मा सजिउन हुर्काइरहेका छन् । सेताम्य फूल्न लागेका सजिउनका बोटमा जोसुकैको नजर पर्न थालेका छन् ।“हाम्रो बस्तीका सबै जसो घरपरिवारले कम्तीमा पनि १०÷१२ सजिउन लगाएकै छन्”, बर्दिवास–६ किसाननगरको कृष्णपुरका २५ वर्षे सरोज यादवले भने, “पछिल्ला पाँच÷सात वर्षयता सजिउन लगाउनेको संख्या बढ्न थालेको छ ।”

    खानाका लागि स्वादिष्ट हुनुका साथै स्वास्थ्यका दृष्टिले पनि गुणकारी भएको उनको भनाइ छ । खनजोत, गोडमेल खासै केही गर्नु नपर्ने सजिउनको रुख रोप्न सजिलो छ । हुर्केको बोटको छिप्पिएको हाँगा काटेर चिस्यान भएको ठाउँमा एक हातजति खाल्डो खनेर गाडेपछि हुर्कने हुँदा यसलाई कम मेहनतको खेती पनि भनिन्छ ।“यसपाली रोपेको हाँगो अर्को वर्ष फलिहाल्छ, अनि बजारमा अरु तरकारीको तुलनामा राम्रो मूल्यमा बिक्छ”, बर्दिवास–७ जुरेटोलका किसान धनसिंह केप्छाकी भन्छन्, “एउटा राम्ररी झाङ्गिएको बोटबाट सिजनभरि घरमा खाएर तीनदेखि चार हजारसम्म आम्दानी गर्न पनि सकिन्छ ।” बजारमा बिक्री गर्न समस्या नहुने र मूल्य पनि राम्रो पाइने भएपछि किसानमा पछिल्ला केही वर्षयता सजिउनको खेतीमा आकर्षित भएको उनको भनाइ छ । गत वर्ष आफ्ना पाँच/छ वटा बोटबाट घर र आफन्तकहाँ खपत भएर पनि १५ हजारभन्दा बढीको बिक्री गर्न सफल भएको क्याप्छाकीले सुनाए । सजिउनको बोटमा सामान्यतः चैत/वैशाखमा राम्रो फल लाग्छ ।

    मधेसमा खासगरी मिथिला क्षेत्रमा प्रत्येक वर्षको चैत–वैशाखमा आठ–दश छाकमात्रै सजिउनको तरकारी खाने चलन थियो । यसको सेवनबाट बिफरलगायत छालासम्बन्धी समस्या नहुने विश्वास छ । मिथिलामा प्रत्येक नयाँ वर्ष मनाइने जुडशीतल पर्वमा ‘सजिउनको’ को परिकार विषेश तयार हुन्छ । विशेष गरी महोत्तरीका उत्तरीक्षेत्रका बर्दिवास, गौशाला, भङ्गाहा र औरही नगरपालिका क्षेत्रमा बर्सेनि यसको खेती बढ्दो छ । “यसको खेतीका लागि न मल चाहिने, न गोडमेल नै । पहिलोचोटी राम्रो खाल्डो खनेर चिस्याइएको माटोमा हाँगा रोपे पनि पुग्छ”, बर्दिवास–७ प्रेमनगरका रामचन्द्र महतोले भने “गाडिएको हाँगा कसैले नहल्लाइदिए सरी हाल्छ ।” निकै कम लगानीमा हुने यो खेतीको आम्दानी राम्रो हुने महतोको अनुभव छ ।

    बर्दिवास नगरपालिकाका पूर्वपश्चिम राजमार्ग मास्तिर (उत्तर) का खयरमारा, टुटेश्वर, गणन्ता, चेरु, सोनापेटी, वरडाँडा, भब्सी, पाटु, कालापानी, रजबास, पर्साहीधापसहितका बस्तीमा अहिले सेताम्य पूmलले ढकमक्क सजिउनका रुख बाक्लै देखिन्छन् । सजिउन चैतदेखि जेठभरिकै घरघरकै तरकारी हुने गरेको बर्दिवास–१० खयरमाराका ६० वर्षीय प्रेमध्वज लामा बताउँछन् ।“सिजनभरि तरकारी खाएर सबैले बुटैपिच्छे सरदर तीन÷चार हजारको सजिउनको फल बेच्छन्”, लामा भन्छन्, “गरिब परिवारका किसानलाई पनि चैत वैशाखको अनिकालमा यो घरगुजाराको सहारा बनेको हुन्छ ।” सजिउन स्वास्थ्यका लागि गुणकारी तरकारी भएको हुँदा खानामा यसको प्रयोग बढ्दा रोगप्रतिरोधात्मक क्षमता बढ्ने बर्दिवास अस्पतालका मेडिकल अफिसर डा. किशोर अधिकारी बताउँछन् । सजिउनको कलिलो मुन्टा, पूmल र फल तरकारीमा प्रयोग गरिनछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑