पर्सा । राजन कुमार बानिया । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका स्तरीय दोस्रो २०८०क्रिकेट टुर्नामेन्ट सुरु भएको छ । सखुवाप्रसौनी गाउँपालिकाको सहयोग र युवा समाज सखुवा प्रसौनी क्रिकेट कल्बको आयोजनामा भएको टी– २० क्रिकेट टुर्नामेन्टको एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष जसवन यादवले ब्याटिङ गर्दै उद्घाटन गरेका छन् ।
प्रमुख अतिथि रहेका अध्यक्ष यादवले उद्घाटन गर्दै अबका युवाहरुलाई खेलकुदमा मात्र आवश्यकता नभइ देश चलाउनमा पनि युवाको आवश्यकता रहेको बताए । युवाहरुलाई खेलकुदको साथै रोजगारीको पनि जरुरी रहेको अध्यक्ष यादवले बताए ।
उनले प्रदेश सरकारले प्रदेशमा खेलाडीहरु उत्पादन गर्न नसकिरहेको र खेलाडीहरुसँग भेदभाव गरी खेलाडीहरुको ऊर्जा र मनोबललाई समाप्त गर्ने खेल गरिरहेको आरोप लगाए । प्रदेश सरकारले कमाइ खानेबाहेक राम्रो काम गर्न नसकिरहेको र त्यसै कारण प्रदेश नेतृत्वमा युवाहरुको जरुरी रहेको उनले बताए ।
अगामी दिनमा सखुवाप्रसौनी गाउँपालिकाका युवाहरुलाई खेलकुद, कुश्तीलगायतमा प्रशिक्षण दिलाएर अगाडि बढाउने उनले प्रतिबद्धता जनाए । युवाहरुको खेलकुदको माध्यमबाट शारीरिक र मस्तिष्क विकासका साथै गाउँपालिकाको नाम देश विदेशमा हुने उनले बताए । वडा नं २ सिरिपुर पचगावामा भएको टी– २० क्रिकेट टुर्नामेन्टमा सखुवा प्रसौनी र जगरनाथपुर गाउँपालिका बीच भएको थियो ।
उक्त खेलमा जगरनाथपुर गाउँपालिका क्रिकेट टिमले टस जितेर पहिला ब्याटिङ रोजेको
र ४ विकेट उमाउँदै ११६ रन बनाएका थियो। त्यसको जवाफमामा उत्रेको सखुवा प्रसौनी टिमले ५ विकेट उमाउँदै ११७ रन बनाएर जित हासिल गरेको छ । आजको खेलको मेन अफ दी म्याच जेद अन्सारीले जितेका छन् ।
सिरिपुरमा भएको टी– २० क्रिकेट टुर्नामेन्ट खेलमा उपमेयर शर्मिंला बिस्ट महतो, वडा अध्यक्ष मोज़ालिम मिया, अनरुद्ध पटेल, शंकर चौधरी, जवाहिर पटेल, जदु साह तेली, चन्दन सहनी, ज्ञानेंद्र चौधरी, पारस महतो लगायतको सहभागिता रहेको थियो । भोलिको खेल
परवानीपुर गाउपालिका र कालिकामाई गाउपालिका
बीच हुने चन्दन सहनीले बताए ।