बारा । जिल्ला प्रहरी कार्यालय, बाराले ३५ किलोग्राम लागुऔषध चरेससहित दुर्ईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । चितवनबाट भारततर्पm लैजाँदै गरेको अवस्थामा चरेससहित २ जनालाई बाराको अम्लेखगञ्जबाट प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय सिमरा र अम्लेखगञ्जबाट खटिएको प्रहरीले लागुऔषध चरेससहित दुर्ईजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
३२ एनएम नम्बर प्लेटको भारतीय कारलाई प्रहरीले शंका लागेर जाँच गरेको थियो । सोही क्रममा कारको पछाडि डिक्कीमा फल्स बटम बनाई लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध चरेस बरामद गरेको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदिप बहादुर क्षेत्रीले जनाए । खैरो टेपले प्याकिङ गरी ६७ वटा प्याकेटमा राखिएको चरेस बरामद गरेको फेला परेको उनले बताए ।
पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेशस्थित बैहराइच, थाना देहात कोतावाली नाजीरापुरन नई बस्नी बस्ने साफिर अलि र कारमा सवार सोही ठाँउका मोहम्मद अफजाल रहेका छन् । उनीहरूको साथबाट ३५ किलो लागुऔषध चरेस, सिम सहितको २ थान मोबाइल, भन्सार सम्बन्धी कागजपत्र र कार समेत बरामद गरेको प्रहरीले बतायो ।
पक्राउ परेका उनीहरूमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत म्याद थप गरेर अनुसन्धान तथा कारबाई अगाडी बढाइने प्रहरीले जनायो ।
फरार प्रतिवादी बारा प्रहरीको नियन्त्रण बारा प्रहरीले एक जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको छ । प्रहरी कारबाईको सिलसिलामा मंगलवार अस्थाई प्रहरी चौकी बसपार्क कलैया, बाराबाट खटिएको प्रहरी टोलीले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कलैया उप–महानगरपालिका वडा नम्बर २ बस्ने सन्तोषराज गिरी रहेका छ्न । बारा जिल्ला अदालतबाट कुटपिट अंगभंग मुद्दामा दुर्ई महिना आठ दिन कैद र १० हजार जरिवाना लागेका सन्तोषराज गिरीलाई पक्राउ गरेको हो । बारा प्रहरीले गिरीलाई बारा जिल्ला अदालत, कलैयामा दाखिला गरेको छ ।