बारा । बारा प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रसौनी गाँउपालिका वडा नम्बर १ प्रसौनी बस्ने वर्ष ४५ को राज कुमार गोसाई रहेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय प्रसौनी बाट खटिएको प्रहरी टोलीले बारा जिल्ला अदालत बाट अपहरण तथा शरीर बन्धक चालु मुद्दामा वरदात पश्चात फरार रहेको अवस्थामा गोसाई लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक बिरेन्द्रराज गुरूङले बताए ।
उनलाई खोजतलास गरी लुकिछिपि बसेको अवस्थाबाट पक्राउ गरी कानूनी प्रकृया अगाडि बढाईएको प्रहरी निरीक्षक गुरुङले बताए ।