• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बालबालिकामा देखिने क्यान्सर समयमै पूर्ण उपचार गर्न सके निको हुन्छ।

  • वीरगंज संजाल
  • ३ फाल्गुन २०८०, बिहीबार १६:२६
  • १२२९

    वीरगंज ।​ वयस्क उमेर समूहमा देखिने विभिन्न खाले क्यान्सरभन्दा बालबालिकामा देखिने क्यान्सर समयमै पूर्ण उपचार गर्न सके निको हुने सम्भावना धेरै हुन्छ। नेपालमा भने महँगो र लामो समयसम्मको उपचार प्रणाली‚ ढिलो स्वास्थ्य संस्थामा पुग्ने जस्ता कारणले प्रभावकारी उपचार गर्दा पनि निको हुने क्यान्सर लागेर वार्षिक धेरै बालबालिका ज्यान गुमाउन बाध्य छन्। वर्षेनि कति बालबालिकालाई क्यान्सर देखिन्छ भन्ने यकिन विवरण सरकारसँग नभए पनि यो क्षेत्रमा लामो समयदेखि उपचाररत चिकित्सक तथा स्वास्थ्य संस्थाको विवरणअनुसार नेपालमा वार्षिक लगभग १ हजार ४ सय बालबालिकामा विभिन्न खाले क्यान्सरका समस्या देखिने गरेको अनुमान छ। यीमध्ये जम्मा ६ सयदेखि ७ सय बालबालिका मात्र उपचारको पहुँचमा रहेको बताइन्छ।​

    अभिभावकलाई बालबालिकामा हुने क्यान्सरका लक्षणबारे उचित जानकारी नहुँदा समयमै अस्पताल नआउने र त्यसपछि अस्पताल आएर उपचार गर्दा उपचारमा कठिनाइ हुने समस्या भएको बाल क्यान्सर रोग विशेषज्ञ डा. अञ्जलि पण्डितको भनाइ छ। बाल क्यान्सर रोग विशेषज्ञ डा. पण्डितले भनिन्‚ ‘समयमै उपचार गर्ने हो भने बालबालिकामा देखिने क्यान्सर पूर्ण निको भएर सामान्य जीवनयापनमा बालबालिकालाई फर्काउन सकिन्छ तर ढिलो अस्पताल पुग्दा उपचारमा कठिनाइ देखिन्छ। त्यसैले हरेक अभिभावक बालबालिकाहरूमा देखिने क्यान्सरको लक्षणमा सचेत हुनु आवश्यक छ।’बालबालिका उमेर समूहमा रक्त क्यान्सर (ल्युकेमिया) जस्ता क्यान्सर देखिन्छ। नेपालमा समयमै अस्पताल पुग्न नसक्नु र पूर्ण उपचार गर्न नसक्दा ७० प्रतिशत बालबालिकामा क्यान्सर पूर्ण निको हुँदैन।

    नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरका बाल क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशनिधि तिवारीका अनुसार वयस्कभन्दा बाल क्यान्सर फरक हुने र बालबालिकामा निको बनाउन सकिने सम्भावना धेरै हुन्छ। अझै बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने विरामीका लागि सरकारले सहयोग गरेमा १० देखि १२ प्रतिशत अझ पूर्ण निको हुने दर बढ्न सक्छ। बाल क्यान्सर रोग विशेषज्ञ डा. तिवारीले भने‚ ‘वयस्कभन्दा बाल क्यान्सर फरक हुने र बालबालिकामा निको बनाउन सकिने सम्भावना धेरै हुन्छ। त्यसैले सरकारले बालबालिकामा हुने क्यान्सरको उपचारमा विशेष सहयोग गर्नुपर्छ।’

    के गर्दै छ सरकार?
    बालबालिकामा हुने क्यान्सरको उपचार प्रक्रिया लामो हुन्छ। अर्थ अभावमा धेरै अभिभावकले उपचार प्रक्रिया बीचमै छाडेको देखिएपछि सरकारले बालबालिकामा हुने क्यान्सरको औषधि निःशुल्क वितरण गर्ने तयारी अगाडि बढाएको छ। इनिसिएटिभ फर चाइल्डहुड क्यान्सर (जिआइसिसी)ले पाँच महिनाअघि विश्व स्वास्थ्य संगठन र अमेरिकास्थित सेन्ट जुड चिल्ड्रेन रिसर्च हस्पिटलसँगको सहयोगमा बालबालिकामा हुने क्यान्सरको उपचारमा प्रयोग हुने ३५ प्रकारका औषधि निःशुल्क वितरण गर्न लागेको छ। यद्यपि हालसम्म यो औषधि नेपालमा आएको छैन।

    अबको केही महिनामै औषधि नेपाल ल्याइने बालरोग विशेषज्ञसमेत रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नीति तथा योजना शाखाका प्रमुख डा. कृष्ण पौडेलले बताए। डा. पौडेलले भने‚ ‘हामीले तयारी गरिरहेका छौँ, विश्व स्वास्थ्य संगठनसँग हिजै यो विषयमा छलफल भएको थियो, अब अर्थ मन्त्रालयको सहमति लिएर औषधि ल्याउने प्रक्रिया अगाडि बढ्छ। सम्भवतः अबको तीन महिनामा हामीले औषधि वितरण गरिसक्छौँ।’क्यान्सर विरामी बालबालिकामध्ये सन् २०३० सम्म ६० प्रतिशतलाई निको गराउने सरकारी लक्ष्य छ। यसका लागि ३५ प्रकारका औषधि निःशुल्क प्रयोग गर्न सकिए लक्ष्य प्राप्तिमा धेरै सहयोग हुने उनको भनाइ छ। समयमै पहिचान भएर पूर्ण उपचार गर्न सके धेरैजसो बालबालिकामा हुने क्यान्सर पूर्ण सन्चो हुन्छ तर आर्थिक भारका कारण धेरैले पूर्ण उपचार पाउँदैनन्। ‘त्यसैले हामीले निःशुल्क औषधि वितरण गर्न सक्यौँ भने बालबालिकामा हुने क्यान्सर उपचारको क्षेत्रमा ठूलो सफलता हुन्थ्यो’‚ डा. पौडेलले भने। बालबालिकामा प्रायः हुने रक्त क्यान्सर समयमै पहिचान गरेर पूर्ण उपचार गरेमा ८० प्रतिशत पूर्ण निको हुने उपचारमा संलग्न चिकित्सकहरूको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑