वीरगंज । नामिबियाविरुद्धको खेलमा नेपालको ब्याटिङलाइन संकटमा परेको छ । ‘आईसीसी मेन्स वर्ल्ड कप लिग टु’अन्तरगतको पहिलो खेलमा नेपाल नामिबियाविरुद्ध खेल्दै छ । ८ टोली सम्मिलित यो प्रतियोगिताको पहिलो खेलमा नै नेपालको ब्याटिङलाईन धरमरमा परेको हो ।
टस जितेर पहिलो फिल्डिङ रोजेको नामिबियाविरुद्ध नेपालका कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् । अन्य ब्याट्सम्यानको तुलनामा राम्रो प्रदर्शन गरेका सार्की पनि ४४ रन बनाउँदै बाहिरिएपछि भने नेपाल पुरै संकटमा परेको हो । यसक्रममा सार्कीले ८६ बन खेलेका थिए ।
सार्की बाहिरिएसँगै २८ ओभरको खेलमा नेपालले ७ विकेट गुमाउँदै ९४ रन जोडेको छ । सार्कीको ठाउँमा पवन सराफ आएका छन् भने गुल्सान झा २२ बलमा १४ रन बनाउँदै खेलिरहेका छन् ।