वीरगंज। नवलपुर-मलंगवा सडक खण्ड अन्तर्गत सर्लाहीको मलंगवा नगरपालिका–११ गम्हरियामा भारतीय नम्बरका दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक किशाेरको मृत्यु भएको छ ।दुई जना गम्भीर घाइते भएका छन् ।
तीव्र गतिमा रहेका बीआर ३० डी ३५१८ र बीआर ०६ बीपी ४१७२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मलंगवा नगरपालिका–११ गम्हरियाका १५ वर्षीय विकास रायको ज्यान गएको हो । रायको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
दुर्घटनामा त्यही ठाउँका १६ वर्षीय निरज पटेल र १७ वर्षीय रोशन पासवान गम्भीर घाइते छन् । उनीहरु दुवैलाई उपचारका लाग वीरगन्ज रेफर गरिएको सर्लाही प्रहरीले जनाएको छ ।