• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आबुधाबीमा नेपाली श्रमिकको न्यूनतम तलब निर्धारण प्रस्ताव

  • वीरगंज संजाल
  • १ फाल्गुन २०८०, मंगलवार १३:३२
  • १५७७

    वीरगंज । संयुक्त अरब इमिरेट्स (युएई) मा सम्पन्न भएको आबुधाबी डायलगमा नेपालले नेपाली श्रमिकको न्यूनतम तलब निर्धारण गर्नुपर्ने प्रस्ताव गरेको छ । श्रमिक पठाउने र श्रमिक लिने २१ देशका उच्च श्रम अधिकारी सहभागी भएको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी नेतृत्वको टोलीले रोजगारदाता देशले श्रमिकको न्यूनतम तलब निर्धारण गर्नुपर्ने प्रस्ताव गरेको हो ।

    भण्डारीले श्रम गन्तव्य देशहरूसमक्ष श्रमिकको न्यायोचित भर्ना, कार्यस्थलमा श्रमिक बिरामी वा दुर्घटनामा पर्दा स्वास्थ्य सुरक्षाको सुनिश्चितता र एकै प्रकृतिको करारपत्रलाई कार्यान्वयनमा ल्याउनुपर्नेमा नेपालले जोड दिनुभयो । खाडी देश अन्तर्गत युएई, साउदी अरेबिया, कुवेत, बहराइन, ओमान र कतारमा नेपाली श्रमिक जाने गरेको भए पनि कतारले मात्रै श्रमिकको न्यूनतम तलब निर्धारण गरेको छ ।

    श्रममन्त्री शरत्सिंह भण्डारीले श्रम गन्तव्य देशसँग श्रम बजार सूचना प्रणाली स्थापना गरी सूचनाको आदानप्रदान गर्ने व्यवस्था मिलाउन आग्रह गर्नुभयो । श्रमिक तथा निजको परिवारलाई बलियो सामाजिक सुरक्षाको माध्यमबाट संरक्षण गर्नु सदस्य राष्ट्रको समान दायित्व रहेको बताउँदै उहाँले भन्नुभयो, “सदस्य राष्ट्रबिच नेटवर्किङ कायम गर्ने साझा सिकाइलाई प्रवर्धन गर्नु पर्छ र श्रम बजारलाई बढी दक्ष र उत्पादनमूलक बनाउनु पर्छ ।”

    साथै श्रममन्त्री भण्डारीले सो फोरममार्फत आधुनिक प्रविधिलाई आत्मसात् गर्न सक्ने गरी दक्ष जनशक्ति तयार गर्न निश्चित कार्य योजना तयार गरी आजैबाट पहल गनुपर्नेमा जोड दिनुभयो ।

    श्रमिक पठाउने र लिने २१ देशका श्रममन्त्री, उच्च सरकारी अधिकारी र श्रमविज्ञ सहभागिता रहेको अबुधाबी डायलगको बैठकमा श्रमिकको तलब तथा अन्य सुरक्षा, विप्रेषणको आप्रवाह तथा प्रयोग, सिपयुक्त जनशक्ति उत्पादनमा साझेदारी र न्यायोचित भर्नाको अभ्यासलगायतका विषयमा छलफल भएको बताइयो । बैठकमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भण्डारीको नेतृत्वमा पाँच सदस्यीय नेपाली टोली अहिले युएईमा गएको थियो ।

    उक्त कार्यक्रम विभिन्न मुलकका मन्त्री प्रतिनिधिले आफ्नो मुलुकको श्रम बजारका मुद्दा एवं सुझाव प्रस्तुतीकरण गर्नुभयो । पाकिस्तानले अध्यक्षता गरिरहेको सो आबुधाबी डायलगमा आउँदो बैठकको अध्यक्षता ओमानले गर्ने निर्णय पनि सार्वजनिक गरिएको छ । उक्त कार्यक्रममा नेपालका श्रममन्त्री तथा फिलिपिन्सका श्रममन्त्रीबिच एकअर्काका वैदेशिक रोजगार प्रणालीका असल अभ्यास सिकाइ तथा अनुभव साटासाट गर्ने सहमतिसमेत भएको श्रम मन्त्रालयका सहसचिव राजीव पोखरेलले जानकारी दिनुभयो ।

    साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने सहमति

    नेपालले कतार र साउदी अरबियासँग श्रम सम्झौताका लागि प्रस्ताव गरेको छ । साउदीले यस पटक नेपालले गरेको प्रस्तावमा सकारात्मक धारणा व्यक्त गरेको जनाइएको छ । त्यसो त यसअघि नेपालले श्रम सम्झौताका लागि साउदीलाई पटक पटक प्रस्ताव राखेको थियो तर साउदीले कतिपय कुरामा असहमति जनाउँदा सम्झौता हुन सकेको छैन । श्रममन्त्री भण्डारी र साउदी अरेबियाका मानव संसाधन तथा सामाजिक विकास ई अहेमद विन सुलाइमान अलराझीबिच भएको छुट्टै भेटमा प्रस्ताविक श्रम सम्झौतालाई अन्तिम रूप दिई अबको एक महिनाभित्र हस्ताक्षर सम्पन्न गर्ने गरी काम गर्ने सहमति भएको जनाइएको छ ।

    छलफलमा कफाला प्रणाली निरुत्साहन, विभिन्न कारणले मृत्यु भएका श्रमिकको शव छिट्टै नेपालसम्म पठाउने, सप्लाई कम्पनीमा गएर काम नपाउने अवस्थालाई निरुत्साहित गर्नेलगायतका विषयमा दुई देशका मन्त्रीबिच छलफल भएको बताइएको छ ।

    छलफलका क्रममा साउदीका श्रममन्त्री अलराझीले सिपमूलक जनशक्ति उत्पादनका निम्ति तालिम केन्द्र स्थापना गर्न हालसालै प्राप्त सहयोगलाई निरन्तरता दिने एवं भाषा र सिप जानेका श्रमिक उत्पादनमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    प्रस्ताविक सम्झौतामा स्वच्छ भर्ना प्रणाली, सामाजिक सुरक्षा, कार्यघण्टा, बिमा, पेसागत स्वास्थ्य सुरक्षालगायतका विषयको सम्बोधन गर्ने, जिसिसी मुलुकको निजी क्षेत्रबाट दक्ष जनशक्तिको माग बढ्दै गएको हुँदा सिपयुक्त जनशक्ति विकासका गन्तव्य हुनुपर्ने विषयमा छलफल भएको छ ।

    कतारसँग छिट्टै सम्झौता

    नेपाल र कतारबिच भएको छुट्टै बैठकमा छिट्टै श्रम सम्झौता गर्ने विषयमा सहमति भएको छ । बैठकमा श्रममन्त्री शरत्सिंह भण्डारी र कतारी श्रममन्त्री अलिविन समिख अलमारीबिच भएको भेटमा सो विषयमा सहमति भएको हो ।

    श्रम मन्त्रालयका अनुसार कतारका मन्त्री अलमारीको नेपाल भ्रमणको समयमा हस्ताक्षर हुने गरी श्रम समझदारीपत्र तयार गर्ने सहमति भएको थियो । त्यसो त कतारका श्रममन्त्री अलमारी गत कात्तिकमा नेपाल भ्रमण आउने कार्यक्रम स्थगित भएको थियो । अब भने नेपाली श्रमिकको हितलाई ध्यानमा राखेर अनलाइनमार्फत दुई देशबिच सम्झौतामा हस्ताक्षर हुने उल्लेख छ । कतारसँग यसअघि सन् २००३ मा द्विपक्षीय श्रम सम्झौता भएको थियो । सम्झौतालाई समयानुकूल श्रमिकमैत्री बनाउन पुनरवलोकन गर्न लागिएको हो । यसै गरी कतारी पक्षले नेपालबाट घरेलु श्रमिक लैजाने इच्छा व्यक्त गरेको छ ।

    सो अवसरमा कतारका श्रममन्त्रीले अलमारीले घरेलु श्रमिकका निम्ति पर्याप्त सुरक्षाका लागि व्यवस्था गरिएको हुँदा भाषा र सिप सिकाएर सम्मानित रूपमा मात्र पठाउन तालिम प्रदान गर्ने कार्यमा सहकार्य गर्ने आश्वासन व्यक्त गर्नुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑