• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘भ्यालेन्टाइन डे’ : नेपालमा पनि पर्वका रूपमा मनाइँदै

  • वीरगंज संजाल
  • १ फाल्गुन २०८०, मंगलवार १३:२७
  • १८६५

    वीरगंज । ‘भ्यालेन्टाइन डे’ अर्थात् ‘प्रेम दिवस’ । हरेक वर्ष फेबु्रअरी १४ मा यो उत्सव प्रेमिल जोडीले विशेष रूपमा मनाउँछन् । विश्वभरका युवकयुवतीले माया साटासाट गरेर यो दिवस मनाउने गरेको पाइन्छ । पश्चिमा देशमा मनाइँदै आएको ‘भ्यालेन्टाइन डे’ पछिल्लो समयमा नेपालमा पनि धेरैले मनाउन थालेका छन् । साताव्यापी मनाइने भ्यालेन्टाइन डे युवा पुस्ता मात्र नभएर कलाकारका बिच पनि अति प्रिय हुन थालेको छ ।

    गायक प्रमोद खरेलले ‘भ्यालेन्टाइन डे’ साथीहरूसँगै मनाउने योजना बनाएको सुनाउनुभयो । उहाँले भन्नुभयो, “भ्यालेन्टाइन डे’ का लागि भनेर छुट्टै समय भने छुट्टाएको छैन । यो माया गर्ने पर्व भएकाले साथीभाइसँग माया साट्ने योजना बनाएको छु ।” मातृत्वमा व्यस्त नायिका प्रियङ्का कार्की भने ‘भ्यालेन्टाइन डे’ मा यस पटक आफू बेफुर्सिदी भएको बताउनुभयो । कार्कीले भन्नुभयो, “यस पटक घरमै बसेर परिवारसँगै माया प्रेम र रमाइलो गर्ने योजना बनाएकी छु ।” एक दिन निकै प्रेम गर्ने र अरू दिन वास्ता नगर्ने प्रवृत्तिले प्रेमको सम्मान नहुने उहाँको भनाइ छ ।

    आफन्त होस् वा मन परेको मानिस आफ्नो नजिकै भए भेटेर रातो गुलाफ र विभिन्न उपहार दिएर शुभकामना आदानप्रदान गरिन्छ भने टाढा भए इमेल र च्याट, मोबाइलमा एसएमएस गरी पनि ‘भ्यालेन्टाइन डे’ मनाउने चलन छ । प्रेम व्यक्त गर्नका लागि प्रयोग गरिने सामान खरिद गर्न यो समयमा गिफ्ट पसलमा युवकयुवती भरिभराउ देखिन्छ । काठमाडौँका हरेक रेस्टुरादेखि पसल सजिसजाउ गरिएका छन् । खिचापोखरीस्थित हलमार्कका बिक्रेता राजी कार्कीले ‘भ्यालेन्टाइन डे’ को एक साताअघिदेखि राम्रो व्यापार भइरहेको जानकारी दिनुभयो ।

    उहाँले यस अवसरमा रातो गुलाफ तथा ‘आइ लभ यु’ लेखिएका विभिन्न उपहार पोस्टकार्ड, पुतली, प्रेम अङ्कित कप, खेलौना, गिफ्ट बास्केट, परफ्युम, चकलेट जस्ता सामानको बढी बिक्री हुने पनि जानकारी दिनुभयो ।

    हप्ताभरि ‘भ्यालेन्टाइन डे’

    युवा पुस्तामा ‘भ्यालेन्टाइन डे’ को लोकप्रियता बढेसँगै यो दिवस हप्ताभरि मनाउने गरिएको छ । फेब्रुअरी ७ मा ‘रोज–डे’ बाट सुरु हुन्छ । गुलाफ दिने, त्यसपछि प्रस्ताव राख्ने, त्यसपछि चकलेट दिने, टेडी दिने, वाचा गर्ने, अँगालो ‘हग’ गर्ने र आखिरमा प्रणय दिवस मनाइने गरिन्छ ।

    ‘भ्यालेन्टाइन डे’ मनाउँदा एक अर्कालाई सप्ताहव्यापी रूपमा नै महँगो उपहार दिने चलन बनेको छ । प्रेमलाई उपहार र कस्मेटिक कुरामा विज्ञापन गर्नु आफैँमा विकृति हो । अहिले प्रेम सस्तिएको छ तर प्रेममा दिने उपहार दिनप्रतिदिन महँगिँदै गएको भान हुन थालेको छ । गुलाफको फूल तथा अन्य विभिन्न उपहार दिएर गाँसिएको प्रेमभन्दा चोखो मनले गाँसिएको प्रेमचाहिँ मिठो र दिगो हुने संस्कृतविद् ओम धौभडेलले बताउनुभयो । आफूले मन पराएको मान्छेलाई प्रेम प्रस्ताव राख्नु, एकले अर्कोलाई प्रेम गर्नु नराम्रो होइन उहाँले भन्नुभयो, “प्रेम मनसँग मन साटिएको, भावनासँग जोडिएको विषय हो ।”

    बढ्यो गुलाफ आयात

    फ्लोरिकल्चर एसोसिएसन नेपालले यस वर्ष तीन लाख ५० हजार स्टिम गुलाफको माग रहेको जनाएको छ । एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले कुल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाफ भारतबाट आयात गर्नु परेको बताउनुभयो ।

    माग अनुसार स्वदेशमा उत्पादन हुन नसक्दा विगतका वर्षमा जस्तै यस वर्ष पनि भारतबाट गुलाफ ल्याइएको उहाँको भनाइ छ । यस वर्ष रातो गुलाफ प्रतिस्टिम ८० रुपियाँदेखि एक सयसम्म पर्ने उहाँले जानकारी दिनुभयो । अध्यक्ष तामाङका कुल मागको ६० प्रतिशत काठमाडौँ उपत्यकामा र बाँकी ४० प्रतिशत गुलाफ देशका अन्य सहरमा खपत हुने जानकारी दिनुभयो ।

    प्रणय दिवसमा मात्रै रातो गुलाफको कारोबार तीन करोड ५० लाख रुपियाँभन्दा बढी हुने अनुमान गरिएको छ । रातो गुलाफ विशेष गरी काठमाडौँ उपत्यकाका तीन जिल्ला र काभ्रेपलाञ्चोकमा व्यावसायिक रूपमा खेती गरिने गरिएको छ । फूलको मागमा आएको वृद्धिसँगै विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा लगभग छ सय ७५ विभिन्न किसिमका पुष्प खेती तथा नर्सरी विस्तार भइसकेका छन् ।

    ‘भ्यालेन्टाइन डे’ को इतिहास

    ‘भ्यालेन्टाइन डे’ को सुरुवात इस्वी संवत् २६९ मा रोमनबाट सुरु भएको मानिन्छ । सैनिकले नारीसँगको सम्बन्धका कारण कमजोर हुने आभास गरेपछि सम्राटले प्रेम र विवाहमा रोक लगाएका थिए तर रोममा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको त्यो अभियानलाई सार्वजनिक रूपमै उल्लङ्घन गर्ने घोषणा गरे । आफ्नै अभियानविरुद्धको गतिविधि सह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी मृत्युदण्डको सजाय दिइयो । भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ का दिन मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि भ्यालेन्टाइनको यही बलिदानको सम्मानमा सोही दिनलाई ‘भ्यालेन्टाइन डे’ का रूपमा मनाउन थालिएको हो ।

    यस्तै विभिन्न समाचार एजेन्सीका अनुसार पाकिस्तानमा यो प्रणय दिवस मनाउन रोक गरेको छ भने साउदी अरबमा प्रहरीले प्रणय दिवसमाथि प्रतिबन्ध लगाएको छ । यो दिनमा पनि महिला र पुरुष रेस्टुरेन्टमा अलग्गै बस्नु पर्छ । यता भारतमा प्रणय दिवस मनाए पनि पश्चिमी संस्कृति भएको भन्दै आलोचना हुने गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑