वीरगंज । दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले मंगलबार कार्यक्रमको आयोजना गरेको छ । महाअभियानको ‘वार्षिक उत्सव’ कार्यक्रम भृकुटीमण्डपमा आयोजना गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति दिएको छ ।
प्रसाईँ समूहले काठमाडौँको कीर्तिपुर, स्वयम्भू, वनस्थली, चाबहिल, भक्तपुर र ललितपुरको भुलुबाट जुलुस निकाल्दै छन् । भृकुटीमण्डप स्थित कार्यक्रम स्थलको सुरक्षामा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अपरेशन कमाण्डर (डीएसपी) पवन भट्टराईको नेतृत्वमा कार्यक्रम स्थलमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले रातोपाटीलाई बताए । काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले ‘कमाण्ड पोष्ट’बाट सुरक्षा अवस्था मनिटर गर्नेगरी सुरक्षा योजना लागु गरिएको छ ।
सम्भावित सुरक्षा चुनौतीलाई ध्यान दिएर प्रसाईँको कार्यक्रमका लागी २ हजार २ सय भन्दा धेरै प्रहरी परिचालन गरिएको उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए । प्रसाईँको कार्यक्रममा करिब ५ हजार मानिस सहभागी हुने सुरक्षा निकायको आकलन छ ।
याे पनि
दुर्गा प्रसाईंको कार्यक्रममा पूर्वराजा र राप्रपाको सहभागिता नहुने
दुर्गा प्रसाईंको कार्यक्रममा पूर्वराजा र राप्रपाको सहभागिता नहुने
कार्यक्रम स्थलमा सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ । सुरक्षा मिटिङमा प्रसाईँको कार्यक्रममा ‘घुसपैठ’ हुनसक्ने विश्लेषण गरिएको छ । उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृत भन्छन्–‘घुसपैठको आकलन गरेर आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको छ ।’