• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कारबाही छल्न मेयर सिंहको कानुनी दाउपेच, प्रमाणपत्र खडा गर्न दोस्रो श्रीमतीबाट दिलाए अदालतमा फिराद पत्र

  • वीरगंज संजाल
  • २९ माघ २०८०, सोमबार १२:५८
  • १९२९

    वीरगन्ज । नागरिकता ऐन दुरुपयोगको कारबाहीबाट बच्नका लागि वीरगन्जका मेयर राजेशमान सिंहले कानुनी दाउपेच सुरु गरेका छन् । मेयर सिंहविरुद्ध कारबाहीको माग गर्दै धेरै ठाउँमा उजुरी परेपछि कारबाहीबाट उम्किनको लागि मेयर सिंहले दोस्रो श्रीमतीको सहारामा कानुनी दाउपेच सुरु गरेको बताइन्छ । छानबिन टोलीसमक्ष बयान दिएको मसी नसुक्दै दोस्रो श्रीमतीले सम्बन्ध विच्छेदको फिराद पत्र दिएपछि किर्ते प्रकरणमा नयाँ ट्विस्ट आएको हो ।

    कानुन जानकारहरूका अनुसार त्यस दाउपेच अन्तर्गत मेयर सिंहले सुरुमा आफ्नो दोस्रो बिहे रहेको स्वीकारे, त्यसको भोलिपल्टै त्यही श्रीमतीबाटै फिराद पत्र दायर गराए । उनीहरूका अनुसार जसबाट छर्लङ्ग भइरहेको छ–उनको दाउपेच कहानी । अर्थात् छानबिन टोलीसमक्ष दोस्रो बिहे स्वीकारेको २४ घण्टा नबित्दै कान्छी श्रीमती रिता भट्टराई सिंहले अंश दिलाई सम्बन्ध विच्छेदसमेत गरी पाउँ भनी फिराद पत्र दिएकी छन् ।

    जिल्ला अदालत पर्सामा आइतबार सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका निवासी रिता भट्टराई सिंह नामबाट फिराद पत्र दिइएको छ जुन फिराद पत्र उनले भनेकी छन्, ‘राजेशमान सिंहसँग प्रेम सम्बन्ध थियो, त्यही सम्बन्धले ०५९ सालको ३० असारमा छोरी रुविना श्रेष्ठको जायजन्म भएको हो । तर अहिले आएर ०८० सालको अषाढ महिनादेखि विपक्षीहरू मलाई बेवास्ता गरेको हुनाले मलाइ मुलुकी देवानी संहिता, २०७४ को दफा (७४) अनुसार राजेशमान सिंह मेरो पतिको रूपमा स्थापित भइरहेको हुँदा त्यसबमोजिम अंश दिलाई सम्बन्ध विच्छेद गरी पाउँ भनी फिराद दायर गरेकी छु ।’

    छानबिन टोलीसमक्ष मेयर सिंहको बयान : रुविना श्रेष्ठ मेरै छोरी हो, २ वटा बिहे गरेको छु
    छानबिन टोलीसमक्ष मेयर सिंहको बयान : रुविना श्रेष्ठ मेरै छोरी हो, २ वटा बिहे गरेको छु
    यो फिरादपत्रमा आफूले विवाह दर्ताको प्रमाण पत्र नलिएको उल्लेख गरेकी छन् । कानुनविद्हरुका अनुसार यही विवाह दर्ता नलिएको कारण कारबाही हुने भएपछि त्यसबाट बच्न प्रमाण खडा गर्नको लागि यो फिराद पत्र दिइएको हो ।

    कानुन व्यवसायी शैलेन्द्र चौरसियाका अनुसार विवाह दर्ता नै नभएपछि सम्बन्ध विच्छेदको कुरै आउँदैन । उनी भन्छन्, ‘तर फिरादमा लेखिएको अनुसार अब मेयर सिंहको लागि एउटा प्रमाण खडा भयो, त्यो प्रमाण खडा भइसकेपछि उसले त्यहीँ आधारमा अंश दिएर सहमतिमै सम्बन्ध विच्छेद गर्न पाउँछ । अनि नागरिकता ऐनको कारबाहीबाट उन्मुक्ति पाउँछ ।’

    के छ कानुनी व्यवस्था ?

    मुलुकी देवानी संहिता, २०७४ को भाग ३ मा पारिवारिक कानुन परिच्छेदको (१) मा विवाह सम्बन्धी व्यवस्थाबारे बोलिएको छ । ऐनको दफा ७४ मा शारीरिक सम्पर्कबाट शिशु जन्मेमा त्यसलाई विवाह भएको मानिने उल्लेख छ । जसमा लेखिएको छ, ‘(१) दफा ६९को उपदफा(२) जुनसुकै कुरा लेखिएको भएता पनि कुनै पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्मिएको प्रमाणित भएमा त्यस्तो पुरुष र महिलाबिच स्वतः विवाह भएको मानिनेछ ।’

    यही मुलुकी देवानी संहितामा भएको व्यवस्थालाई टेकेर कारबाहीबाट बच्नको लागि आइतबार फिराद पत्र दर्ता गरिएको हो । एक कानुन व्यवसायीका अनुसार अब यो फिरादपत्रकै कारण दोस्रो श्रीमतीको विवाह दर्ता नभएको अवस्थामा पनि स्वतः विवाह भएको मानिनेछ । त्यसकारण उनी विरुद्ध लागेको नागरिकता किर्तेको आरोप यही फिरादका माध्यमबाट खारेज हुने अवस्था आउँछ ।

    अब के हुन्छ ?

    एक पूर्वन्यायाधीशका अनुसार दोस्रो श्रीमतीबाट फिराद पत्र दायर भएपछि प्रतिवादीको नाममा २१ दिने म्याद जारी हुन्छ । उनी भन्छन्, ‘प्रतिवादीले म्याद पत्र प्राप्त गरी सकेपछि तोकिएको दिनभित्र जवाफ दर्ता गराउनुपर्ने हुन्छ । त्यसपछि दुवै पक्षले सम्बन्ध विच्छेद हुने गरी मिलापत्र गराइ पाऊ भनी निवेदन दिन्छन् । त्यही निवेदनको आधारमा अदालतले उनीहरूको सम्बन्ध विच्छेद गरिदिने व्यवस्था छ, जुन व्यवस्थाले उनीहरूको विवाहलाई ‘लालमोहर’ लगाइन्छ ।’

    वीरगन्जका मेयर सिंहको बैंक ‘केवाईसी’मा छैन रुविनाको नाम, कसको छोरीलाई दिलाए नागरिकता ?
    वीरगन्जका मेयर सिंहको बैंक ‘केवाईसी’मा छैन रुविनाको नाम, कसको छोरीलाई दिलाए नागरिकता ?
    जेठीले बहुविवाहमा उजुरी नदिए कारबाही नहुने

    बहुविवाह कानुनीरुपमा वर्जित छ । यदि विवाहित पुरुषले अर्को विवाह गरेमा र पहिले नै विवाहित हो भन्ने कुरा महिलालाई पनि जानकारी भएमा १ वर्षदेखि ५ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ । अनि त्यस्तो विवाह पनि स्वतः बदर हुन्छ । मुलुकी अपराध संहिता, २०७४ को दफा १७५ मा बहुविवाह गर्न नहुने र त्यस्तो बहुविवाह स्वतः बदर हुने व्यवस्था छ । तर बहुविवाहको उजुरी दिने अधिकार पहिलो पत्नीलाई मात्रै रहेको छ । जसकारण यदि पहिलो पत्नीले बहुविवाहको उजुरी नदिएमा वा दोस्रो विवाह भएको जानकारीमा आएको तीन महिनाभित्र उजुरी नदिएमा पनि हदम्याद सकिने व्यवस्था छ । तर मेयर सिंहले बाबु बनेर नागरिकता दिएको प्रकरण सतहमा आएको तीन महिना भइसकेको र जेठी श्रीमतीले उजुरी नदिएको कारण बहुविवाहमा कारबाही चल्ने सम्भावना निकै कम छ ।

    झुटो विवरणको आधारमा किर्ते गरी अरूको छोरीलाई आफ्नो छोरी बनाइ नागरिकता दिलाएको भन्दै मेयर सिंहविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि लिएर विभिन्न ७ वटा निकायमा उजुरी परेको थियो । २०७५ साल साउन १३ गते रुविना श्रेष्ठको नाममा ३४–०१–७५–०४८४७ नम्बरबाट नागरिकता जारी भएको जिल्ला प्रशासनको रेकर्डमा उल्लेख छ । जसमा बुवाको नाम राजेशमान सिंह लेखिए पनि आमाको नाम भने लेखिएको छैन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑