वीरगंज | चालू आर्थिक वर्ष ०८०/८१ को ६ महिनामा अपि पावर कम्पनीले सात करोड ९४ लाख ५३ हजार नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । कम्पनीको यो नाफा गत आवको सोही अवधिको तुलनामा २७.३४ प्रतिशतले बढी हो ।
गत आवको सोही अवधिमा कम्पनीले ६ करोड २३ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा कम्पनीले विद्युत् बिक्रीमार्फत ६२ करोड ६६ लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत आवको भन्दा १२६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले २७ करोड ४२ लाख ५० हजार आम्दानी गरेको छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३.२५ प्रतिशतबाट २.७५ प्रतिशतमा खुम्चिएको छ । विशेष गरी चुक्ता पुँजीमा आएको वृद्धिले नाफा बढे पनि प्रतिसेयर आम्दानी नबढेको कम्पनीको भनाइ छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने १०३.३१ रुपैयाँ पुगेको छ ।