• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अन्तर्राष्ट्रिय सम्बन्ध समितिको प्रतिनिधिमण्डल फर्कियो

  • वीरगंज संजाल
  • २७ माघ २०८०, शनिबार २१:५५
  • १२६१

    वीरगंज | संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति राजकिशोर यादव नेतृत्वको आठ सदस्य र चारजना कर्मचारीसहितको प्रतिनिधिमण्डल एक साता लामो भारत भ्रमणबाट फर्किएको छ । बुधबार बनारस हुँदै स्वदेश फर्केको टोलीले भ्रमण दुई देश तथा संसद्को सम्बन्ध विस्तारमा सफल भएको जनाएको छ । भ्रमणका क्रममा प्रतिनिनिधिमण्डलले भारतीय लोकसभाका सभामुख ओम बिरला, विदेशमन्त्री डा. एस जयशंकरदेखि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेको छ । यस क्रममा उनीहरूले नेपालीका समस्यादेखि दुई देशबीच सांस्कृतिक र कुटुम्ब सम्बन्धबारे चर्चा गरेको जनाएका छन् ।‘नेपालबाट धेरैपछि संसदीय टोलीले औपचारिक भारत भ्रमण गरेको हो । जे उद्देश्यले गएका थियौँ, भ्रमण सफल भयो,’ सभापति यादवले बिहीबार समितिमा पत्रकारसँग भने, ‘हाम्रो तहबाट सम्बन्धको सबै पक्षमा छलफल गरेका छौँ । दुई देशबीच रोटीबेटीको तहबाट माथि उठेर कुटुम्बको सम्बन्धमा जोड दिएका छौँ । हामी कुटुम्ब हौँ । कोही दाइभाइ होइन, रोटीबेटी पनि होइन, ठूलासाना पनि होइनौँ भन्ने कथ्य स्थापित गरेका छौँ ।’ यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमणमा नेपालकी सीताविना भारतमा राम अधुरो रहेको भनाइ सबै भेटमा दोहोर्‍याएको बताए ।

    यादवले भारतीय विदेशमन्त्री डा. जयशंकरसँगको भेटमा नेपाल र भारत दुई सार्वभौम मुलुक भएको, तर दुई देशको कुटुम्ब नाता रहेका कारण भारतको विकासबाट फाइदा लिने अधिकार नेपालसँग रहेको बताएका थिए । ‘तपाईंहरूको विकासको लाभ हामीले पाउनुपर्छ । भारतको स्वतन्त्रता आन्दोलनमा नेपाली नेताको भूमिकादेखि भारतको सीमा रक्षामा नेपाली गोर्खाहरूको योगदान नभुल्न आग्रह गर्‍यौँ,’ यादवले सुनाए, ‘भारतले स्वतन्त्रताको अमृतकाल मनाउने आधार नेपालीले पनि तयार पारेका छन् भन्ने कुरामा उहाँहरूको सहमति थियो । हामी कृपाको पात्र होइनौँ, स्वाभाविक सरोकारवाला र साझेदार हौँ भन्यौँ । उहाँहरूले सहमति जनाउनुभयो ।’
    टोलीले भारतीय लोकसभाका अध्यक्ष ओम बिरलासँग भेटवार्तासँगै संसद्को पुस्तकालय अवलोकन गरेको थियो । सभामुख बिरलाले भारतमा संसद्ले कसरी काम गर्छ भन्ने प्रस्तुतीकरण गरेका थिए । अन्तर्राष्ट्रिय समितिसँगको छलफलमा भारतमा रहेका नेपालीको समस्याका विषयमा चासो राख्न अनुरोध गरेको यादवले बताए ।

    भारत २०२७ भित्र विश्वको तेस्रो आर्थिक शक्ति र २०४७ पछि पहिलो आर्थिक शक्ति बन्ने गरी अघि बढिरहेको उल्लेख गर्दै भारतीय नेताले सँगै यात्रा गर्ने तयारी थाल्न नेपाललाई सुझाव दिए । ‘हामीलाई अब अल्छी बन्ने छुट छैन,’ भारतीय विदेश राज्यमन्त्री भी मुरलीधरणको भनाइ उद्धृत गर्दै यादवले सुनाए, ‘तपाईं र हामी सँगै यात्रा गरौँ ।’ उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई नेपाली टोलीले अयोध्या र जनकपुरधामलाई रामायणको एउटै प्याकेज बनाउन आग्रह गरे । काशी, विश्वनाथ र पशुपतिनाथ, मुक्तिनाथलाई पनि जोड्न तथा बौद्ध सर्किटको साझा प्याकेजमा काम गर्ने प्रस्ताव गरिएको थियो । जयशंकरले भने– सुरक्षामा चिन्तामुक्त बनाइदिनुस् भारतीय विदेशमन्त्री जयशंकरसहितका नेताले नेपाल कमजोर भयो भने बाह्य शक्तिको चलखेल हुन सक्ने भन्दै भारतको सुरक्षामा चासो व्यक्त गरेका थिए । ‘हाम्रोबीच खुला सिमाना छ । नेपाल कमजोर भयो भने यो अवस्थामा बाह्य शक्तिको चलखेल हुन्छ । नेपाल आर्थिक रूपमा बलियो बन्नुपर्छ । यसका लागि हामीले के गर्नुपर्छ प्रस्ताव गर्नुहोस्, सहकार्य गर्न तयार छौँ,’ भारतीय नेताहरूको भनाइ उद्धृत गर्दै सभापति यादवले भने । विदेशमन्त्री जयशंकरले नेपालबाट भारतले १० हजार मेगावाट बिजुली भारत लैजान सहमति भइसकेको उल्लेख गर्दै नेपालले थप विद्युत् उत्पादन र निर्यातका लागि गृहकार्य गर्नुपर्ने बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ
  • सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने
  • श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु
  • वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    News

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    News

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    News

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑