वीरगंज | पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिका को वडा नं १७ मा निर्माण भइरहेको नालामा ठूलो भ्रष्टचार भएको भेटिएको छ। वीरगंज महानगरपालिका वडा नं १७ मा रहेको नेपाल आईसिपी भन्सार को मेन ढोका देखि दसगजा सम्म निर्माण भइरहेको नालामा गुणस्तरहिन कार्य भएको नालाले आफै प्रमाणित गर्दै आएको छ।
नाला निर्माण कार्यमा प्रयोग गरिएको मेटेरियल बालु को मात्रा अधिक बढी र सिमेन्ट को मात्रा कम रहेको निर्माण भइरहेको नालाले प्रमाणित गर्दै आएको छ। नाला निर्माण को मेटेरियल तथा नक्सा हेर्न इन्जिनियर ले आफु मनपर्दो पाराले नाला निर्माण कार्यमा प्रयोग गरिएको मेटेरियलमा बालु अधिक बढि मात्रा र सिमेन्ट को मात्रा घटाएको पाइएको छ।
नाला निर्माण को कार्य सम्पन्न भएसँगै अहिले नालामा खस्ने फोहोर पानी निस्किने कुनै ठाउँ छैन। नाला निर्माण गर्नु भन्दा पहिले फोहोर पानी कही न कही खसाउने ब्यवस्था मिलाउन आवस्यक रहेको थियो तर नाला निर्माण हुने बितिकै नालाको पानी अहिले नालामै रहने गरेकाे छ। विभिन्न किसिमको फोहोर पानी नालामै रहेकोले नाला को पानी गनाउने किरा लाग्ने तथा लामखुट्टेको वृद्धि भएको जो कोई ले प्रष्ट हेर्न सकने छन।
नाला निर्माण कार्य सुचारु हुनु सँगै गाउँको अबस्था र पहिलै देखि रहेको नालाको उचाई र ठाउँ न हेरिकन नाला निर्माण गर्दा पुरै गाउँलाई नै ठूलो क्षति र मर्कामा पुर्याउने अवस्था देखिएको छ। ठेकेदारले आफ्नो निजी खर्च बचाउन को लागि निर्माण गरेकाे नालामा अहीले अलौका स्थानियहरु खेत र घरबाट निस्किने फोहोर पानीहरु अहीले नालामा खसाउनको लागि गाँउबासिको लागि ठुलो चुनौती बनेको छ।
इन्जिनियरले आफ्नो काला कर्तुत लुकाउँदै निर्माण भएको नाला को अवस्था लुकाउन तुरुन्तै माटो खसाएर आफ्नो भ्रष्टचारी लुकाउँदै आएका छन्। माथि बाट राम्रो हेरिने नाला सार्है कमजोर रहेको र नाला भित्रको पानी नाला बाट बाहिर निस्केर बाटोमा आउनु आफैमा कस्तो किसिमको नाला निर्माण भइरहेको प्रमाणित गर्दै छ।
नाला निर्माण भइरहेको नाला अहिले ठाउँ ठाउँमा दरार आएको तथा ढलाई हेर्दा मेटेरियलमा ठूलो भ्रष्टचार भएको देखिएको छ। नाला बनाइन्छ फोहर पानी बाहिर निस्किन को लागि तर अहिले बनेको नाला बाट पानी निस्केर खेत र बाटोमा रहेको माटोमा पानी निस्किनु गुणस्तरले ठुलाे प्रमाण दिएको देखिएको छ। करोडौं अरबौँ को बजेट सदुपयोग हूने ठाँउमा दुरपयोग भएको अहिले भेटिएको छ।
अहिले नाला निर्माण भइरहेको अवस्थमा हेर्दा आउदो पानी पर्ने मौसममा खेत तथा घरधुरिमा पानी जम्ने अवस्था हेरिएको छ। विगत का कयौ वर्ष देखि रहेको घर हरु नालाको उचाई अनुसार पुरै अलौ र सिवान टोल मै पांच फीट को उचाई अनुसार गाउभरिनै माटो भरिने अवस्था देखिएको छ। नया भन्सारको मेन ढोका देखि दसगजा क्षेत्रसम्म बन्न लागेको नाला लाई उल्टो दिशा देखाई नाला निर्माण कार्य भइरहेको अहिले देखिएको छ।