• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भूमाफियाको हातमा धमाधम हथगडी लाग्न थालेपछि .

  • वीरगंज संजाल
  • २६ माघ २०८०, शुक्रबार १६:०३
  • १३८९

    काठमाडौं । देशमा सार्वजनिक जग्गा हडप्ने भूमाफियाको हातमा धमाधम हथगडी लाग्न थालेको छ । ललिता निवास हुँदै बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडप्ने प्रहरीको अनुसन्धानमा परे । कतिपय जेल गएका छन् त कतिपय प्रहरी हिरासतमा छन् ।

    तर, देशमा यस्तो एउटा घटना छ जसका नाइके र मतियारहरु अझै प्रतिष्ठितको पगरी लगाएर खुलेआम हिंडिरहेका छन् । उनीहरुले एउटा गिरोह नै बनाए । ठमेलस्थित हजारौं वर्ष पुरानो कमलपोखरी नामेट पारी छायाँ सेन्टर ठड्याएका छन् । जहाँ पाँचतारे होटल पनि बनाइएको छ ।
    प्रधानहरुको आराध्य देव सिंह सार्थबाहु गरुड भगवानलाई कमलको फूल चढाउन निर्माण भएको कमलपोखरी राणा शासनमा हडप्न खोजिएको थियो । तर, नामेट भएको थिएन । पछि वीरेन्द्र शाह राजा हुँदा यसको विवाद टुंगो लगाउने उनले आफ्नी सम्धी अम्बिका राणा र प्रधानहरुका तर्फबाट हिरण्यश्वरमान प्रधानलाई डाकेर तत्काललाई कुरा मिलाएका थिए । तर, ऐतिहासिक प्रमाण रहेको कमलपोखरी नामेट भएन । गुठी संस्थानमा यसको प्रमाणहरु सबै फेला परेको छ ।

    तर, माफिया शैलीमा पृथ्वीबहादुर पाँडेले शक्ति निकाय सबै मिलाएर पोखरीको जग्गा हडपे । उनलाई वित्तिय क्षेत्रको डन पनि भनिन्छ । उनले जग्गा हडप्ने योजना बुने । प्रभावशाली पदमा रहेका नेता देखि कर्मचारीलाई हातमा लिए । काठमाडौं महानगरपालिकाबाट नक्शा पास गर्न लगाएर छायाँ कम्प्लेक्स ठड्याए । त्यसका लागि जो जस्को साथ लिनुपर्छ उसलाई गोल्डेन शेयर पनि दिए । ज जस्ले छायाँ कम्प्लेक्स बनाउन साथ दिन्छ उसलाई शेयर दिएर व्यवस्थापन दिए । यसकारण उनीहरु सबै सार्वजनिक जग्गा हडप्नेमा मतियार देखिएका छन् ।

    यसरी गोल्डेन शेयर लिनेहरुमध्ये कतिले श्रीमती, छोराछोरी या आफन्तका नाममा शेयर राखेका छन् । कतिपयले लगानी पनि गरेका छन् । नेपालपेनले यसरी छायाँदेवी कम्प्लेक्समा लगानी गर्नेहरुको नाम खुलाइसकेको छ । छायाँ सेन्टरका नाममा बनेको कम्प्लेक्समा शेयरधनीमध्य व्यापारिक घराना पाँडे परिवारका सदस्यहरुको संख्या उल्लेख्य छ । फ्री प्रेस नेपालले कम्पनि रजिष्ट्रार कार्यालयको स्रोत उल्लेख गरी सार्वजनिक गरेको नामावली र लगानी रकम अनुसार चर्चित व्यापारी पृथ्वी बहादुर पाँडेको ७ करोड ७८ लाख ३४ हजार ६ सय लगानी देखिन्छ ।

    ऐतिहासिक कमलपोखरी नामेट पारी ठडिएको छायाँ कम्प्लेक्समा संलग्न हाइप्रोफाइल राणा, मल्ल र पाँडेहरु (नाम र लगानी रकमसहित)

    बालेनको आँखा नपुगेको कमलपोखरी हडपेर बनाइएको ‘भूतभवन’
    यतिसम्मकी अदालतमा मुद्या विचाराधीन रहेकै अवस्थामा छायाँ देवी कम्प्लेक्स पब्लिक लिमिटेडको नाममा आइपीओ खोल्ने प्रक्रिया बढाइएको छ । यसका लागि २१ साउनमा सूचना जारी गरी साधारण सभा डाकियो छ । १० भदौमा डाकिएको साधारणसभाको मुख्य उद्देश्य नै आइपीओ खोल्ने प्रस्ताव पारित गर्नु थियो र त्यही गरियो । यसका लागि कम्पनीले सर्वसाधारणका लागि प्रिमियम मूल्यमा धितोपत्र जारी गर्ने विषय प्रस्तावमा राखी पारित गरेको थियो ।

    छायाँ सेन्टरका लगानीकर्ता

    पृथ्वी बहादुर पाँडे- ७ करोड ७८ लाख ३४ हजार ६ सय

    दिपकमान शेरचन- ४ करोड ७३ लाख ७१ हजार

    महेश्वर प्रकाश श्रेष्ठ-३ करोड ३० लाख ५५ हजार

    सिद्धान्तराज पाण्डेय- ३३ लाख ७० हजार

    योगेन्द्रबहादुर शाक्य- ९४ लाख एक सय

    विकाश थापा- ८३ लाख ५५ हजार

    प्रजन्य राजभण्डारी- २ करोड ५० लाख ६७ हजार

    सिद्धान्त बहादुर पाँडे- १९ लाख ७२ हजार

    राजधानी इन्भेष्टमेन्ट फण्ड प्रा.लि.- २ करोड २४ लाख ४ हजार

    सुरेश लाल श्रेष्ठ- ५२ लाख

    ज्ञानेन्द्र खनाल- १ करोड

    सिताराम महासेठ- १ करोड

    हिमालयन इन्फ्रास्ट्रकचर फण्ड लिं- ३ करोड ४८ लाख

    महेन्द्रलाल प्रधान- २ करोड ६७ लाख ३८ हजार

    रवीन्द्र राजभण्डारी- ५० लाख

    महेश खनाल-५० लाख

    दिक्षान्त दाहाल-७ लाख ५० हजार

    आशिष पौड्याल- ४० लाख

    योगेश भण्डारी- १ करोड १५ लाख

    सुमन विक्रम पाण्डे- २ करोड

    अनु पाण्डे पन्त- ७८ लाख

    नेमेन्द्र जंग थापा- १ करोड

    मिजास भट्टचन- ३ करोड ५४ लाख १९ हजार ८ सय

    किरण मान शेरचन- ६८ लाख २ हजार

    मनोहर प्रसाद शेरचन- १ करोड ६० लाख ४३ हजार

    शान्त बहादुर मल्ल- ९४ लाख १ सय

    ध्रवनारायण श्रेष्ठ-६२ लाख ६६ हजार ८ सय

    प्रयुष राजभण्डारी- ५० लाख

    प्रणय राजभण्डारी- ५० लाख

    उर्मिला पाण्डे- ७१ लाख ५० हजार

    पि.एम.एफ इन्भेष्टमेन्ट प्रा.लि.-४८ लाख

    पूर्व प्रधानसेनापति प्रज्ववल शमशेर जबरा- २५ लाख उ

    सिन्धु राणा-२५ लाख

    स्याकार ट्रडिङ कम्पनि प्रा.लि.- ३ करोड ५० लाख

    रेखा घिमिरे- ३ करोड १० लाख

    इन्दु शर्मा-९ लाख

    प्रज्वल भण्डारी- ८५ लाख

    प्रतिमा पाँडे-१ करोड २२ लाख ४४ हजार ४ सय

    निर्मल प्रधान-६ करोड ५० लाख

    लक्ष्मी शाक्य- १० लाख

    प्रेम शेभा तुलाधर- ४० लाख

    रक्षक महत- ५० लाख

    पारुल पाँडे- ८ लाख ७७ हजार २ सय

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ
  • सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने
  • श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु
  • वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    News

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    News

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    News

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑